लायन्स क्लब अफ काठमाडौं डाँफेको नियमित रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं, मंगसिर २८ ।लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं डाँफेको  नियमित रक्तदान तथा मधुमेह सचेतना कार्यक्रम सम्पन्न भएको छ ।विश्वब्यापी रुपमा फैलिएको कोरोना भाइरस महामारीक कारण अस्पतालहरुमा उपचारार्थ बिरामीहरुलाई रगत अभाबका कारण समस्या उत्पन्न नहोस भनेर मङ्सिर २७ गते शनिबार  अर्थात् डिसेम्बर १२ का दिन  चामुण्डा मावि नारायणटारमा नेपाल रेडक्रस सोसाईटी भक्तपुर जिल्ला शाखाको प्रविधिक सहयोगमा बिहान १० बजे देखि २ बजे सम्म सम्पूर्ण स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गरि  सुरक्षित तवरले  आयोजना गरिएको रक्तदान कार्यक्रममा ४८ जना रक्तदाताहरुले रक्तदान  गरेको लायन बच्चुराम शर्मा कुइकेलले जानकारी गराए।

 लायन्स क्लब अफ काठमाडौं डाँफेले  प्रत्येक तीन तीन महिनाको अन्तरालमा  रक्तदान कार्यक्रम गर्दै आएको जानकारी गराउदै उनले  विश्व मधुमेह दिवसको सन्धर्भ पारेर  लायन्स क्लब अफ काठमाडौं डाँफेले नारायणटार स्वास्थ्य क्लिनिक प्रालि र नारायणटार फार्मेसीको प्राबिधिक सहयोगमा सोहि दिन सोहि स्थानमा मधुमेह रोग सम्बन्धि सचेतनामुलक कार्यक्रमका साथै मधुमेह परिक्षण गरिएको जानकारी गराए। उनले उक्त कार्यक्रममा १३० जनाले  मधुमेह परिक्षण गरेको पनि जानकारी दिए।

उक्त कार्यक्रममा डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ, पुर्व डिस्ट्रिक गर्भर्नर एबम  हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब, डिस्ट्रिक ब्लड  चिफ लायन बिनोद श्रेष्ठ , जी एम टि लायन धर्म शरण श्रेष्ठ ,लायन महेश आचार्य  लायन रेणुका श्रेष्ठ सहित  आयोजक क्लबका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

तपाइँको प्रतिक्रिया ।