लायन्स क्लब अफ काठमाडौं जर्नी द्वारा न्यानो कपडा तथा शैक्षिक सामग्री वितरण
कपन अनलाइन
काठमाडौं मंगसिर २८। गोकर्णेश्वर नगरपालिका वडा नं ३ सुन्ताखानमा रहेको श्री देबी बाल सुधार माध्यमिक बिध्यालयमा अध्ययनरत बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा वितरण गरिएको छ ।शनिबार एक कार्यक्रमका बीच लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ अन्तर्गतको लायन्स क्लब अफ काठमाडौं जर्नी तथा सुनौलो पाइला संस्था द्वारा संयुक्त रुपमा उक्त बिध्यालयमा कक्षा १ देखि १० सम्म अध्ययनरत करिब १३० जना बिद्यार्थीहरुलाई जाडोको लागि न्यानो कपडा अन्तर्गत ट्रयाक सुट, जुत्ता सहित ,शैक्षिक सामग्री वितरण गरिएको हो ।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा गोकर्णेश्वर नगरपालिका प्रमुख सन्तोष चालिसे रहेका थिए भने बिशेष अतिथिको रुपमा लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठ,पुर्व डिस्ट्रिक गर्भर्नर एबम हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ, गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपाल, प्रमुख सल्लाहकार दिपक रिसाल ,लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१का क्याबिनेट ट्रेजरर लायन श्याम कुमार यादब, क्याबिनेट सेक्रेटरी लायन बिमल कुमार श्रेष्ठ, चिफ माइ लायन /माइ एल सी आइ लायन रमेश लामा, जी एम टि लायन धर्म शरण श्रेष्ठ, जोन चियरपर्सन लायन गंगालाल श्रेष्ठ, एरिया कोर्डिनेटर लायन अच्युत बिष्ट, लायन सुरेन्द्र प्रकाश बलाय, लायन ठण्ड राज ठकुरी (राजन)आयोजक संस्था लायन्स क्लब अफ काठमाडौं जर्नीकि प्रेसिडेन्ट लायन रोजिना बिष्ट (रोज) लगायत लायन्स लिडर तथा सदस्यहरु सहित आयोजक संस्थाका पदाधिकारीहरु र बिधालयका शिक्षक ,बिद्यार्थीहरुको उपस्थिति रहेको थियो।
कार्यक्रमको अध्यक्षता लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१का चिफ इभेन्ट म्यानेजमेन्ट तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लायन जयराम बिष्टले गरेका थिए ।कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक सिताराम गिरिले स्वागत मन्तब्य राख्दै जाडो बढेसँगै बालबालिकाहरूलाई न्यानो कपडाले निरन्तर विद्यालय आउन सहज हुने बिश्वास ब्यक्त गरेका थिए ।चिसो बढेसँगै आर्थिक रुपमा विपन्न तथा जेहेन्दार बिद्यार्थीहरुको लागि जाडोको लागि न्यानो कपडा सहित शैक्षिक सामग्री वितरण गरेको सुनौलो पाइला संस्थाकी अध्यक्ष एबम लायन्स क्लब अफ काठमाडौं जर्नीकि प्रेसिडेन्ट लायन रोजिना बिष्ट (रोज) ले जानकारी गराएकी थिइन।
आफुले समेत सोहि बिध्यालयमा पढेको स्मरण गर्दै आफु पढेको बिध्यालयलाइ आफ्नो बैवाहिक वर्षगाठको अवसर पारेर न्यानो कपडा बितरण गर्न पाउदा खुसि लागेको बताएकी थिइन । उनले चिसोका कारणबाट विभिन्न रोग लाग्न सक्ने र न्यानो कपडा नभएकै कारणले विद्यालयमा नियमित विद्यार्थी नआउने परिपाटी रहेकाले त्यस्तो अवस्थाको अन्त्य गर्नका लागि पनि न्यानो कपडा वितरण गरेको बताइन ।
न्यानो कपडा वितरण को लागि आर्थिक सहयोग गर्ने हरिबोल भण्डारी, यान्जी योन्जन, बिमल ठकुरी, दिपक रिसाल, लायन गंगालाल श्रेष्ठ, भुपेन्द्र बोहोरा, लायन देबेन्द्र थापा, पुर्व डिस्ट्रिक गर्भर्नर एबम हालका मल्टिपल डिस्ट्रिक जी एस टि कोर्डिनेटर लायन अन्नत प्रसाद भेटुवाल, डिस्ट्रिक गभर्नर लायन टंकबहादुर श्रेष्ठ, सेकेन्ड भाइस डिस्ट्रिक गभर्नर लायन कर्म गुरुङ लगायतलाइ धन्यवाद दिएकी थिइन।
कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै नगरपालिका प्रमुख सन्तोष चालिसेले आयोजक संस्थालाई धन्यवाद ब्यक्त गर्दै सामुदायिक बिद्यालयका बिद्यार्थीहरुलाई न्यानो कपडा वितरण गरेर प्रशंसनीय कार्य गरेको बताउदै आगामी दिनमा संस्था संग सहकार्य गरेर बिभिन्न कार्यक्रम गर्ने चालिसेले बताए।
कार्यक्रममा बिशेष अतिथिको रुपमा बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ ए१ डिस्ट्रिक गभर्नर लायन टंक बहादुर श्रेष्ठले जहाँ आवश्यकता त्यहा लायन्स भन्ने नाराका साथ लायन्स क्लबले सामाजिक तथा मानवीय सेवा गर्दै आएको बताए लायन्स क्लबले समाज सेवालाई नै मुख्य केन्द्रविन्दू बनाउँदै आएको बताउदै बालबालिकाको क्षेत्रमा लायन्स क्लब झनै संवेदनशील रहेको बताए । आगामी दिनमा पनि यस्ता कार्यक्रमहरुलाई निरन्तरता दिनु पर्नेमा जोड दिदै बालबालिकाहरुलाई जाडोको समयमा न्यानो कपडा प्रदान गर्नुपर्ने आवश्यकतालाई मध्यनजर गर्दै लायन्स क्लब अफ काठमाडौं जर्नीले न्यानो कपडा वितरण गरेर प्रशंसनीय कार्य गरेको बताए।निम्न आयस्तर भएका समुदायका विद्यार्थीले न्यानो कपडा पाएपछि खुशी देखिन्थे । अध्यक्षताको आसन बाट बोल्दै लायन्स क्लब इन्टरनेसनल डिस्ट्रिक ३२५ए१का चिफ इभेन्ट म्यानेजमेन्ट तथा बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष लायन जयराम बिष्टले उपस्थित सबैलाई धन्यबाद ज्ञापन गरेका थिए ।