बुढानिलकण्ठ -१२ मा लैङ्गकि हिंसा विरूद्ध अन्तरक्रिया कार्यक्रम सम्पन्न
कपन अनलाइन
काठमाडौं ,मंसिर २७।
बुढानिलकण्ठ नगरपालिका वडा न १२ र कपन महिला संजालकाे संयुक्त आयाेजनामा लैङ्गकि हिंसा विरूद्धकाे १६ दिने अभियानको अन्तिम दिन अन्तरक्रिया कार्यक्रम भएको छ।
कपन महिला संन्जालकी अध्यक्ष सावित्री ढकालकाे अध्यक्षतामा सम्पन्न भएकाे सो अन्तरक्रिया कार्यक्रममा बुढानिलकण्ठ नगरपालिका नगर कार्यपालिका सदस्य शान्ता ढकाल पुडासैनी प्रमुख अतिथि रहेकी थिइन्।
वडा सदस्य पुरूषाेतम नेपाल, याेग प्रेमी परिवारका संरक्षक भानुभक्त दाहाल, उपाध्यक्ष उद्धव दाहाल ,वडाका विभिन्न महिला संजालमा आवद्ध महिला समुहका अध्यक्षहरू तथा वडाका कर्मचारीहरूकाे उपस्थितिमा सो अन्तक्रिर्या संचालन गरिएकाे थियाे ।
सहभागीहरू विच हाल आएर लिङ्गका आधारमा नयाँ नयाँ प्रकृतिका हिंसा वढेकाे विषयमा छलफल र समाधानका उपाए के भनी अन्तरक्रिया गरिएको थियो ।
आशाकाे साथी नेपालले बुढानिलकण्ठ नगरपालिका वडा न १२ सगँकाे सहकार्यमा आर्यूवेदिक चुर्ण उपस्थित सम्पूर्ण सहभागीहरूलाई वितरण गरिएको कार्यक्रमकाे संचालन संजालकी सह सचिव पुष्पा खड्का थापाले गर्नुभएकाे थियाे ।