बुढानिलकण्ठ -१३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठको प्रश्न,“चुनिखेलवासीले घर कहाँ बनाउने ? ”

बुढानिलकण्ठ -१३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठको प्रश्न,“चुनिखेलवासीले घर कहाँ बनाउने ? ”

कपन अनलाइन

काठमाडौं ,मंसिर २४ ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १३ का अध्यक्ष श्रीकृष्ण श्रेष्ठले  “चुनिखेलवासीले घर कहाँ बनाउने ? ” भन्ने प्रश्न गरेका छन। केहि दिन देखि वडाका विभिन्न स्थानमा रहेका जग्गामा बालुवा तथा माटो उत्खनन गैर कानुनी रुपमा भएको समाचार संचार माध्यममा आइरहेको प्रसंगमा कपन अनलाइनले राखेको प्रश्नमा उनले प्रतिप्रश्न गरेका हुन।

बुढानिलकण्ठ नगरपालिकाको नगर सभाले चुनिखेल क्षेत्रलाई कृषि पकेट क्षेत्रका रुपमा विकास गर्ने निर्णय गरे पश्चात सबै किसिमका संरचना निर्माणमा वडाले रोक लगाएको बताउदै श्रेष्ठले भूकम्प पिडित र आवास बिहिन वडावासीलाई घर बनाउन भिरालो जमिन प्रयोगको अनुमति दिएको जानकारी दिएका छन।

वडा नं १३ मा रहेको खेतीयोग्य जमिनलाई कृषि क्षेत्रका रुपमा विकास गर्दा वडावासीलाई आवासका लागि समस्या परेको जानकारी नगरपालिकामा गराए संगै नगरको प्राविधिक समितिले अध्ययन गरेर भिरालो क्षेत्रमा बालुवा माटो प्रयोगको स्वीकृति दिएको थियो।

पछिल्लो समय निकै चर्चामा रहेको वडा नं १३ कौडोल क्षेत्रमा भैरहेको बालुवा तथा माटो अपचलन वारे कपन अनलाइनले प्रश्न राख्दा नगरपालिकाको प्राविधिक शाखाका कर्मचारी  बिनोद पौडेलको नेतृत्वमा आएको टोलीले स्थलगत अनुगमन गरेर प्राविधिक समितिले स्वीकृति दिए पश्चात वडाले अनुमति दिएको बताएका छन।

सो स्थानमा रहेको जग्गाको नक्शांकन र प्रारम्भिक रेखांकनका समयमा वडाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको तर नगरपालिकाको प्राविधिक टोलि आउँदा वडालाई कुनै जानकारी नभएको बताउदै  अध्यक्ष श्रेष्ठले प्राविधिक समितिको स्वीकृतिको आधारमा सो स्थानमा बालुवा र माटो प्रयोग गर्न दिएको जानकारी दिएका छन।

नगरपालिकाको राजस्व वृद्धि र आन्तरिक आयका लागि सम्पूर्ण सरकारी मापदण्ड पुरा गरेर प्राकृतिक सम्पत्ति प्रयोग गर्न पाउने लचकदार  निर्णय गरेको बुढानिलकण्ठ नगरपालिकामा प्राकृतिक सम्पत्तिको दोहन गर्दै आएका  गिरोहहरुको तुजुक बढेर स्वयम् नगर प्रमुखलाई नै साझेदारी प्रस्ताव गर संगै झस्किएका नगर प्रमुख खरेलले कडा कदम चाल्ने संकेत दिएका छन।

बुढानिलकण्ठ नगरपालिका भित्र प्राकृतिक सम्पत्तिको अपचलन र कालोबजारी बढ्दै गएको जनगुनासो आए संगै  प्रमुख खरेलले यस्ता प्रकरण संग सरोकार राख्ने प्राविधिक शाखा र समिति ,जनप्रतिनिधि र प्राकृतिक सम्पत्तिको दोहन गर्दै आएका  गिरोहहरुका वारेमा छानविन गरी निलम्बन ,आन्तरिक अनुसन्धान र व्यवसाय बन्द जस्ता कडा र नगरवासीले देख्ने कदम चाल्नु पर्ने देखिन्छ।

 

तपाइँको प्रतिक्रिया ।