जिफन्टमा लैंगिक विभेद र हिंसा मुक्त कार्यस्थल कार्यक्रम

कपन अनलाइन

काठमाडौं , मंसिर २२/ नविना श्रेष्ठ

नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) कार्यालय पुतलीसडकमा लैगिक विभेद र हिंसा मुक्त कार्यस्थल कार्यक्रम सम्पन्न भएको छ। १६ दिने लैगिक विभेद र हिंसा विरुद्धको अभियान देशैभरि एकै साथ सुरु भएको छ ।

अभियानको  ११ औ दिनमा जिफन्ट कार्यालयमा महिला हिंसा विरुद्ध तालिम सुरु भएको थियो। राष्ट्रीय कार्यक्रममा जोडिने उदेश्यले यो कार्यक्रम गरीएको र ६ वाट प्रदेशमा नै महिलालाई दक्ष बनाउनलाई महिला कमिटी गठन गरेको राष्टिय कमिटी सचिव सुनिता थापाले  जानाकारी दिएकी छन।

महिलालाई दक्ष बनाउने उदेश्यले प्रदेश ३ काठमाण्डौमा सबैलाई समेट्न सकिने भएकोले सुरुवात बताउदै  थापाले  प्रदेश ३ वाट सुरु गरेको महिला हिंसा विरूद्धको कार्यक्रम अब तल- तल सम्म यतिकै जोरका साथ अगाडी बढ्ने विश्वास व्यक्त गरेकी थिइन्।

नेपाल ट्रेड युनियनमा महासंघका अध्यक्ष बिनोद श्रेष्ठले स्थापना कालदेखि नेपालको मजदुर आन्दोलनलाई व्यवस्थापन गर्न र  नेपालको मजदुर आन्दोलनले नेपाली श्रमिक जिबीहरूको समृद्ध भविष्य निर्माणका निमित महिलाहरु  आन्दोलनकाे अग्र भागमा रहनु पर्ने बताएका छन।

२०४६ साल साउन ५ गतेकाे स्थापना काल देखि महिला सशक्तिकरणका आवाज उठाउँदै शून्य प्रतीशत महिला उपस्थित रहेको थियो। महासंघ बनाउँनका निम्ति २०३६ साल देखि को इतिहास हेर्दा नेपालको समग्र आन्दोलनका इतिहासलाई हेर्दा महिलाहरुको भूमिका रहेको बताए। २०४६ साल स्थापना गर्दा शून्य प्रतिशत थियाे,२०४८ सालमा १ जना मात्र भएपनि राखेर नेपालको इतिहासमा , सं संस्थाको इतिहासमा ३३% माग राखिएको बताए। परिवर्तन गर्ने हो भने आफ्नो ठाउँबाट आफैले परिवर्तन गर्नु पर्ने सिद्धान्तको आधारमा आफ्नो योजना राख्दै 0%,५%, ८% ,१५%,१७%,२५%, ३३ प्रतीशत रहेको छ।

कार्यक्रममा  हिंसा तथा दुर्व्यवहार महासन्धी २०१९ नः १९० अनुमोदनका लागि नेपालको विद्यमान कानुन व्यवस्था सम्बन्धि अध्ययन प्रतिवेदन प्रस्ततकर्ता मञ्जु ज्ञवाली, नेपाल ट्रेड युनियन महासंघ जिफन्टको निति तथा कार्यक्रम प्रस्तोता जिफन्ट राष्टिय कमिटी सदस्य/महिला कमिटी सदस्य शिक्षा विभागका सदस्य सीता लामा, महिला सशक्तिकरण अभियानका प्रस्तोता जिफन्ट बागमती प्रदेशका महिला कमिटी कमला तामाङ अनौपचारिक तथा स्वावरोजगरी क्षेत्रमा सामाजिक सुरक्षा प्रस्तोता स्मृति लामा जिफन्ट सदस्य साथमा सम्पूर्ण विज्ञहरुको उपस्थित रहेको थियो।

तपाइँको प्रतिक्रिया ।