धोवीखोला कोरिडोर प्रभावित क्षेत्रमा डा.राजन भट्टराई,पिडितलाई सहयोगको प्रतिवदत्ता
कपन अनलाइन
काठमाडौं ,मंसिर २१।
नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सदस्य तथा प्रधानमन्त्रीका विदेस मामिला सल्लाहकार डा.राजन भट्टराईले धोवीखोला कोरिडोर प्रभावित क्षेत्रको निरिक्षण गर्दै स्थानियहरु संग छलफल गरेका छन।
काठमाडौं क्षेत्र नं ४ अन्तर्गतको बुढानिलकण्ठ नगरपालिका वडा नं १० का विभिन्न योजनाहरुको निरिक्षणका क्रममा निलोपुल – भण्डारी गार्मेन्ट क्षेत्रका कोरिडोर प्रभावित स्थानीयहरु संग छलफल गर्दै डा. भट्टराईले उचित सहयोगका लागि पहल गर्ने प्रतिवदत्ता व्यक्त गरेका थिए।
हाल धोवी खोला कोरिडोरको पश्चिम भागमा धमाधम कालोपत्रे भए पनि वडा नं १० को भागमा स्थानीयहरुको घर लगायतका संरचना व्यवस्थापन नहुँदा समस्या परिरहेको अवस्थामा नगरपालिका प्रमुख उद्दव खरेल र वडाका जनप्रतिनिधिहरु सहित सो क्षेत्रमा पुगेका डा.भट्टराई संग स्थानीयहरुले आफ्नो समस्या र माग राखेका थिए।
यस विषयमा आफुले शहरी विकास मन्त्रि कृष्ण गोपाल श्रेष्ठ संग आफु अनुगमनमा आएको बताउदै डा.राजन भट्टराईले सो क्षेत्रका स्थानीयहरुको मागलाई उचित संबोधन गरिने धारणा राखेका थिए।
डा.भट्टराई संगै योजनाहरुको निरिक्षणमा रहेका वडा नं १० का अध्यक्ष नवराज भट्टराईले सो क्षेत्रमा सात वटा घर संरचना प्रभावित रहेको जानकारी दिदै सो क्षेत्रमा कोरिडोर निर्माणमा सहजीकरण र सहयोग गर्नका लागि स्थानियहरु संग आग्रह गरेका थिए।