चाबहिलको बाटोमा भेटिएको नगद पाँचलाख सविनले धनीलाई फिर्ता गरे

चाबहिलको बाटोमा भेटिएको नगद पाँचलाख सविनले धनीलाई फिर्ता गरे

कपन अनलाइन

काठमाडौं ,मंसिर १९।

चाबहिलको  बाटोमा भेटिएको नगद पाँचलाख रुपैयाँ भक्तपुर बस्ने सबिन राजथलाले सम्बन्धित धनीलाई फिर्ता गरेका छन्।

मंसिर १८ गते बा.६६प ६२८३ नं. को स्कुटरमा चाबहिलतर्फबाट महाराजगन्जतर्फ जाँँदैगर्दा चाबहिल स्थित हेल्पिङ हेण्ड अस्पताल नजिक सडक खण्ड बीचमा खसिराखेको नगद रु.५ लाख राजथलाले भेटाएका थिए। उक्त रकम फेला पारेपछि उनले प्रहरी बिट सुकेधारामा लिएर गएका थिए।

त्यतिबेलासम्म रकम हराउने व्यक्तिले महानगरीय प्रहरी वृत्त गौशालामा खबर गरिसकेका थिए। तत्कालै महानगरीय प्रहरी वृत्त महाराजगन्जले पैैैसा भेटिएको जानकारी दियो पैसा हराउने व्यक्ति महानगरीय प्रहरी बिट सुकेधारा पुगे। प्रहरीले पैसा भेटाउने राजथालाको हातबाटनै गुरुङलाई पाँचलाख हस्तान्तरण गराएको थियो।

उक्त कुरा महानगरीय प्रहरी वृत्त महाराजगन्जका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले एचटिभी खबरलाई जानकारी दिएका छन्। सो रकम पोखरा घरभई हाल ललितपुर कुपण्डोल बस्ने प्रताप गुरुङले प्राइम बैंकबाट निकालेर आफ्नो ब्यागमा राखी मोटरसाईकलमा आउँदै गर्दा खसालेका थिए।

यसरी ठुलो रकम साथमा बोकेर हिंड्दा होसियारी अपनाउन प्रहरी नायव उपरीक्षक सन्तोष खड्काले नागरिकहरुलाई अनुरोध गरेका छन्। साथै नगद रकम फेला पारी प्रहरी कार्यालय मार्फत पिडितलाई बुझाउने सबिन राजथलालाई कदर स्वरुप कृतज्ञता ब्यक्त गरेका छन्।

तपाइँको प्रतिक्रिया ।