आयुर्वेदिकऔषधीले कोरोना ठिक गर्छ, खोपमा अर्बौं खर्च गर्नुपर्दैनः अध्यक्ष रोकाया

कपन अनलाइन
काठमाडौं, मंसिर १९।

जडिबुटी अनुसन्धानतथाप्रशोधन केन्द्रकाअध्यक्षशिवलाल रोकायाले सरकारले कोरोनाभाइरविरुद्धको खोप किन्नअरबौं रकमखर्च गर्नुभन्दापनिआयुर्वेदिकऔषधिहरुमालगानीगर्नु पर्ने बताएका छन् । आज रिपोर्टर्स क्लब नेपालमाबोल्दै उनले आयुर्वेद औषधीमाविशेष ध्यानदिन सके कोरोनाभाइरसको महामारीविरुद्ध जीतहासिलगर्न सकिने बताए । आयुर्वेदिकऔषधीले कोरोनाभाइरसलाई ठिक गर्ने उनको दाबीथियो ।
‘सरकारले कोरोनाविरुद्धको खोपमा अरबौं रकमखर्च गर्दैछ,’ जटिबुटी अनुसन्धानतथाप्रशोधन केन्द्रकाअध्यक्ष रोकायाले भने, ‘जटिबुटीमा अनुसन्धान गरी औषधीविकास गरेर कोरानाविरुद्ध जीतहासिलगर्न सकिन्छ । । उनले जटिबुटीबाट धेरै रोग ठिक हुने भन्दै देशको ढुकुटीबाट अरबौं विदेशिनबाट जोगिने बताए । उनले कोरोनाबाट संक्रमितलाई तीनदिनभित्रै खतरामुक्त राख्ने र ढिलोमा ८ दिनभित्रै कोरोनाबाट मुक्तगर्ने दाबीगर्दै सरकारले आफ्नो औषधिमाथि अनुसन्धानगर्नुपर्ने बताए ।
अहिले विश्वकोभिड–१९ बाट आक्रान्तबनेको र यसबाट नेपालपनि अछुतो नरहेको उल्लेख गर्दै रोकायाले भने,‘हामीले तयार पारेको कोरोनानाशक चुर्ण’ आयुर्वेदिकऔषधीले कोरोना संक्रमितहरुलाई निको पारेको छ । अहिलेसम्म सैयौको संख्यामा यो औषधीले कोरोना संक्रमितलाई राम्रो गरेको छ । संक्रमितले यो औषधी सेवन गरेपछि उनीहरुको रिपोर्ट ८ दिनमा नेगेटिभ आएको हामीसँग प्रमाण छ ।’
उनकाअनुसार कोरोनानाशक चुर्ण औषधीमा ‘चिराईतो, बोझो, लत्ताकस्तुरी, वनजौ, वनतोरीलगायतको समिश्रण छ । ‘यो औषधी धेरै गुणकारी छ, यसको सेवनगर्दा सबैलाई राम्रो हुन्छ।’–उनले भने । ‘रोग जस्तोसुकै होस, उपचार सम्भव छ’ भन्ने उनको नारा छ । ्

तपाइँको प्रतिक्रिया ।