Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/129263092_1077703512680401_3126874202549187882_n-1-e1606906255824.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/12/129158991_764783391048892_8365672877545477516_n-1-e1606906337332.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

बुढानिलकण्ठ -११ द्वारा विद्यालयका प्रधानाध्यापकहरु संग अन्तरक्रिया,विद्यालयहरु संचालन हुने

कपन अनलाइन

काठमाडौं ,मंसिर १७।

बुढानिलकण्ठ -११ ले  विद्यालय संचालनका लागि प्रतिनिधिहरु संग अन्तरक्रिया  गरेको छ। कोरोना प्रकोपका कारण बन्द रहेका विद्यालयहरुलाई भौतिक रुपमा संचालन गर्नका लागि वडा भित्र संचालनमा रहेका सार्वजनिक तथा निजि विद्यालयहरुका प्रधानाध्यापक तथा  प्रतिनिधिहरु संग  विभिन्न विषयहरुमा अन्तरक्रिया गरिएको थियो।

बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारी ,नगर कार्यपालिका सदस्य सुकुलाल सुनार (संगम ) ,वडा सदस्यहरु बिनोद तामांग ,बिमल लामा ,भगवती निरौला र रत्ना नगर्चीको उपस्थितिमा भएको सो छलफलमा सुरक्षा मापदण्ड सहित विद्यालय संचालनका वारेमा छलफल गरिएको थियो।

वडा नं ११ भित्र रहेका सबै सार्वजनिक र निजि विद्यालयहरुका प्रतिनिधिहरुको सहभागिता रहेको सो बैठकमा नेपाल सरकार र नगरपालिकाको विद्यालय संचालन कार्यविधि अनुसार विद्यालयहरु संचालन गर्ने वारेमा छलफल भएको वडा अध्यक्ष राजु अधिकारीले बताएका छन।

वडाका केहि विद्यालयहरुले स्वास्थ्य मापदण्ड अपनाएर कक्षा संचालन गरिसकेको जानकारी दिदै अधिकारीले अन्य विद्यालयहरुले पनि विद्यार्थी शंख्या र भौतिक पूर्वाधारको आधारमा कार्य ढाचा अन्तर्गत रहेर कक्षा संचालन गर्ने निर्णय गरिएको बताएका छन।

 

तपाइँको प्रतिक्रिया ।