ओखलढुंगा जिल्लाको चम्पादेवी गाउपालिका वडा नं. ३ बाट दुइ बालक वेपत्ता

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउपालिका वडा नं. ३ बाट दुइ बालक वेपत्ता

ओखलढुंगा, मंसिर १६ । ओखलढुंगा जिल्लाको चम्पादेवी गाउपालिका वडा नं. ३ बाट दुइ बालक वेपत्ता भएका छन् । वडा न ३ चित्रे बस्ने बर्ष १२ का सुजन बुढाथोकी र सोही गाउ बस्ने बर्ष १२ कै लक्ष्मण कार्की गत मंसिर ४ गतेदेखि  वेपत्ता भएका हुन  ।
तिहारको देउसी भैली खेल्ने क्रममा उनीहरु साथीसंगै गाउमा बस्ने गरेका कारण परिवारलाई थाहा नदिई उनीहरु ओखलढुंगा सिन्धुलीको सिमाना पर्ने नवलपुर घाट तरेर सिन्धुलीको खाङसाङबेसी हुदै स्याखुटार सम्म पुगेको जानकारी आएपनि स्याखुटारबाट उनीहरु कहा गए भन्ने अहिलेसम्म पत्तो नलागेको वेपत्ता बालक सुजन बुढाथोकीका दाजु बद्री बुढाथोकीले अखबारअनलाइलाई बताए । बुढाथोकीका अनुसार स्याखुटारको मकालु होटलसम्म पुगेको केही सुचना पाएपनि त्यहाबाट काठमाडौ गए या कता गए भन्ने सुचना नभएका कारण त्यस आसपासमा खोजी भइरहेको बताएका छन ।
कक्षा ७ मा अध्ययन गर्दै आएका यी बालक स्वस्थ रहेको जानकारी गराउदै १० दिनसम्म खोजीसम्म खोजी गर्दा पनि कहि नभेटिएको र सम्पर्कमा नआएको बताउदै देख्नु हुने जो कोहीले पनि देखेमा वा भेटेमा नजिकैको प्रहरी चौकी तथा ९८४०८३४२१२, ९८६०११६०१३ र ९८४३७५११६० मा सम्पर्क गरी खबर गरिदिनुहुन सबैमा अनुरोध गरेका छन् ।

तपाइँको प्रतिक्रिया ।