मातृस्मृतिमा पूर्ण प्रकास नेपाल यात्री बाल साहित्य सम्मानका लागि एक लाखको कोष स्थापना गर्ने सुवेदीको घोषणा

मातृस्मृतिमा पूर्ण प्रकास नेपाल यात्री बाल साहित्य सम्मानका लागि एक लाखको कोष स्थापना गर्ने सुवेदीको घोषणा

कपन अनलाइन

काठमाडौं ,मन्सिर १६।

कवी तथा अधिकारकर्मी कृष्ण सुवेदी (भारद्वाज मित्र ) ले आफ्नी मामतामायी माता  लिला कुमारी सुवेदीको स्मृतिमा  पूर्ण प्रकास नेपाल यात्री बाल साहित्य सम्मान स्थापनाका लागि एक लाखको कोष स्थापना गर्ने घोषणा गरेका छन।

नेपाली साहित्य,अनुसन्धान र प्राज्ञिक उन्नयनका लागि जीवन पर्यन्त सक्रिय व्यक्तित्व पूर्ण प्रकास नेपाली यात्रीको सम्मानमा आफ्नी माताको स्मृतिमा कोष स्थापना गर्नका लागि बार्षिक पुन्य तिथिको दिनमा सुवेदीले कपन साहित्य समाज संग प्रस्ताव गरेका छन।

करिव दुई दशक देखि साहित्य उन्नयनका लागि निरन्तर सक्रिय रहेको कपन साहित्य समाजका आजीवन सदस्य सुवेदीले  मित्र प्रतिष्ठान नेपाल र समाज विचको सहकार्यमा बाल साहित्यको क्षेत्रमा कलम चलाउने श्रस्टाहरुलाई सम्मानका लागि स्थापना गारिने कोषमा पूर्व सङ्कल्पित राशीमा  रकम थप गरी रु. एक लाख पुर्याउने प्रतिबद्धता व्यक्त गरेका छन।

सुवेदीको प्रस्ताव र पहलकदमी नेपाली साहित्यलाई प्रवर्धन गर्न निकै सहयोगी हुने बताउदै कपन साहित्य समाजका अध्यक्ष गणेश मिश्रले सो प्रस्तावलाई समाजले अगाडी बढाउने बताएका छन। कपन साहित्य समाजका नियमित गतिविधिमा सो सम्मान थप्न पाउदा निकै खुशी लागेको भन्दै उनले समाजका संस्थापक संरक्षक पूर्ण प्रकास नेपाल यात्रीले पुर्याएको योगदानको कदरका लागि सुवेदीले गरेको प्रस्ताव सहरानिय रहेको बताएका छन।

 

 

 

तपाइँको प्रतिक्रिया ।