होम आइसोलेसनमा बस्ने टोखाका संक्रमितहरुलाई न्हुजः पुस्तकालयलको अक्सिजन सिलिण्डर
कपन अनलाइन
काठमाडौं ,मंसिर ११।
कोरोना (कोभिड १९) सङ्क्रमण भएर गम्भीर लक्षण देखिएका र सिकिस्त बिरामीहरूको सङ्ख्या बढ्न थालेपछि मेडिकल अक्सिजनको अभाव हुन् नदिन न्हुजः पुस्तकालयले कृत्रिम अक्सिजन सिलिण्डरको व्यवस्था गरेको छ ।
सङ्क्रमितलाई जतिबेला पनि अक्सिजन चाहिने हुनाले लक्षण देखिएका कोरोना सङ्क्रमित व्यक्ति होम आइसोलेसनमा बस्दा सिलिन्डर प्रयोगका लागि व्यवस्था गरिएको न्हुज: पुस्तकालयका महासचिव विकास डंगोलले बताएका छन ।
सानो आकारको अक्सिजन १० लिटर र ठुलो ४७ लिटर क्षमता हुने र सानोले करिब १२ घण्टासम्म अक्सिजन दिन्छ भन्ने ठुलो सिलिन्डरले ४८ घण्टासम्म दिने गरेको छ ।
महासचिव विकास डंगोलले अनुसार अहिले देशका ४५ भन्दा बढी अस्पतालमा अक्सिजन प्लान्ट र त्यत्तिकै संख्यामा अक्सिजन कन्सन्ट्रेटर रहेको जानकारी दिदै पुस्तकालय संग अहिले सयको हाराहारीमा अक्सिजन प्लान्ट रहेको बताएका छन ।