विवरण पेश गर्ने बारे गोकर्णेश्वर नगरपालिका वडा नं ४ को सार्वजनिक सुचना

कपन अनलाइन

काठमाडौं मंगसिर ८ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ ले बिवरण पेश गर्ने बारेको सार्वजनिक सुचना जारी गरेको छ । वडा सचिब नवराज सेन द्वारा जारी गरिएको उक्त सुचनामा गोकर्णेश्वर नगरपालिकाको मिति २०७७ मंगसिर  ४ गतेको चलानी नं ८६४को पत्र अनुसार कोभिड १९ का कारण भारत लगायत अन्य मुलुक बाट रोजगारी गुमाएका र अध्ययन गरि फर्किएका शिक्षित तथा दक्ष बेरोजगारहरुको बिवरण भरि पठाउनुपर्ने भएकोले गोकर्णेश्वर नगरपालिका वडा नं ४ मा स्थायी रुपमा बसोबास गर्नुहुने बिदेश बाट फर्केका बिरोज्गार (१९ वर्ष देखि ५९ वर्ष उमेर समुहका ब्यक्तिहरुले निम्न कागजात सहित मंगसिर ७ गते देखि ६ दिन अर्थात मंगसिर १२ गते सम्ममा  वडा कार्यालयमा निवेदन पेश गर्नको लागि अनुरोध गरिएको छ ।

आवश्यक कागजात

१) नेपाली नागरिकता प्रमाण पत्रको प्रतिलिपि।

 २) स्थायी बसोबास गरेको देखिने कागजात वा बसाइ सराइ गरि आएको प्रमाण पत्रको प्रतिलिपि।

  ३) बैदेशिक रोजगारमा गइ फर्केको देखिने कागजात।

  ४) शैक्षिक योग्यताको प्रमाण पत्र  सहित २०७७ साल मंगसिर १२ गते भित्र गोकर्णेश्वर नगरपालिका वडा नं ४मा निवेदन पेश गर्न अनुरोध गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।