Warning: getimagesize(/home/kapanonline/public_html/wp-content/uploads/2020/11/inbound8127587416138355491-1024x768-1-e1606021604333.jpg): failed to open stream: No such file or directory in /home/kapanonline/public_html/wp-content/plugins/wonderm00ns-simple-facebook-open-graph-tags/public/class-webdados-fb-open-graph-public.php on line 1144

टोखा नगरपालिकाका अलपत्र विकासका योजनाहरु अघि बढाइने छ :शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठ

कपन अनलाइन

काठमाडौं मंगसिर ७। नेपाल सरकारका शहरी विकास मन्त्री कृष्णगोपाल श्रेष्ठले ऐतिहासिक शहर टोखा नगरपालिका रहेका अलपत्र विकासका योजनाहरु अघि बढाउने बताएका छन्।शनिवार सपनतिर्थ मन्दिर परिसरमा भएको टोखा नेवा : गुठीको छैठौं अधिवेसनमा मुख्य अतिथिको रूपमा बोल्दै मन्त्री श्रेष्ठले टोखाको वस्तु स्थिति हेरी  कामको अवस्था बुझेर रोकिएको विकासका योजनाहरु र डिपीआर लाई अघि बढाउने बताएका हुन् ।

भुमिगत कालखण्डमा टोखामै बसेर राजनीति गरेको हुँदा आफु म टोखा संग  भावनात्मक रूपले टोखासं नजिक  रहेको बताए  १५ वर्ष देखि आफु टोखा नआएको हुँदा अब  जुन सुकै बेला सम्झिए पनि आफु आउने  बताए उनले बिगतको टोखा र अहिलेको टोखामा धेरै फरक पाएको बताउदै पहिले ईट्टा र माटोले वनेको टोखा अहिले कंक्रिटको विशाल जंगल बनिसकको हुँदा पुरानो टोखालाई जीवन्त राख्नको लागि नयॉ पुस्ताको कॉधमा चुनौतिहरु आएको बताए । उनले  पहिला संगै हातेमालो गर्दे काम गरेका टोखाका नेता बाबुलाल डंगोल र अष्ट नारायण डंगोलको स्मरण गर्दै उनीहरुको बारेमा जिज्ञासा राखेका थिए । टोखाको भविष्य प्रति चिन्ता व्यक्त गर्दे टोखा नगरपालिका वडा नं-२ र ३ वडा अध्यक्षहरूसंगको समन्वयमा काम गर्ने उनले बताएका थिए  ।

यस्तै गरि टोखा नगरपालिका वडा नं-२ का अध्यक्ष दिपक राज जोशीले चण्डेश्वरीको डिपीआर तयार भएर पनि विकासका पूर्वाधारहरू अगाडी नबढेकोमा चिन्ता व्यक्त गरे । उनले योजना बनाए पनि बजेट प्राप्त नहुदा  काम अघि नबढेको बताए  केही समय अघि टोखा शहरको बारेमा गीत लेखेर चर्चामा आएका  लोक कवि राजभाई जकर्मीले टोखा नगर पनि विश्व सम्पदा सुचीमा हुनु पर्ने औल्याउँदै टोखाका नेवारी समुदायका युवाहरुलाई विभिन्न तालिमको ब्यवस्था गरी नेवारी भेषभुषा, संस्कृति तथा नेवारी परम्पराको जगेर्ना र संरक्षणको लागि लाग्नुपर्ने बताए यो ।उनले टोखाको बारेमा कविता  समेत बाचन गरेका थिए । नेवाः गुठी टोखाको निवर्तमान अध्यक्ष देवराज डंगोलको अध्यक्षतामा सम्पन्न भएको अधिवेसनमा टोखा नगरपालिका वडा नं-३ का वडा अध्यक्ष सिंहराज श्रेष्ठ, सत्य नारायण डंगोल र देवराज डंगोल लगायतले  आफ्नो भनाइ राखेका थिए ।

नेवाः गुठी टोखाको छैठौं अधिवेसनले २१ जना नयाँ कार्यसमिती समेत  निर्वाचित गरेको छ ।यसै गरी नेवा गुठी अध्यक्षमा रमेश नापित, वरिष्ठ उपाध्यक्षमा , सुर्यमान डंगोल, उपाध्यक्षमा रामलाल डंगोल , महा-सचिवमा हेरकाजी डंगोल , कोषाध्यक्षमा महेश्वरी डंगोल सर्वसम्मत रुपमा चयन भएका छन् । सदस्यहरुमा प्रकाश डंगोल,निरञ्जन डंगोल,राजकाजी श्रेष्ठ, हरिभक्त श्रेष्ठ ,दिया जोशी, हेरादेवी श्रेष्ठ, श्रीमाया डंगोल ,निशा डंगोल, सानुकाजी डंगोल ,प्रकाश डंगोल, सिद्धिलाल डंगोल ,राजिव श्रेष्ठ, हरी नारायण श्रेष्ठ,हरिकृष्ण श्रेष्ठ ,हरि बहादुर श्रेष्ठ र ज्ञानकाजी श्रेष्ठ चयन  भएका  छन । नवनिर्वाचित अध्यक्ष रमेश नापितले नेवारी समुदायका युवाहरुलाई विभिन्न तालिमको ब्यवस्था गरी नेवारी भेषभुषा, संस्कृति तथा नेवारी परम्पराको जगेर्ना र संरक्षणको लागि आफू लागी पर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।

फोटो : टोखा लाइभ

तपाइँको प्रतिक्रिया ।