गोकर्णेश्वरमा पनि छठ पर्व मनाइयो

कपन अनलाइन

काठमाडौं मंगसिर ७ ।सुर्यको आरधना, उपासन र पूजा गरी गोकर्णेश्वरमा  पनि छठ पर्व मनाइएको छ। शुक्रबार साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका ब्रतालुहरूले शनिबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर यस वर्षको छठ पर्वलाई विदाइ गरेका छन्।गोकर्णेश्वर महादेव मन्दिर परिसरको  बागमती नदीमा  सामाजिक दुरी कायम गरि स्वास्थ्य सुरक्षा सतर्कताका साथ सिमित ब्यक्तिहरुले  छठ पर्व मनाएका छन ।छठ पुजामा गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपाल पनि सरिक भएकी थिइन। उनले बागमती नदीमा पुगी पुजामा सहभागी भएकी  थिइन।

बाग्मती किनारमा छठ पुजामा सरिक हुन् पुगेकी गोकर्णेश्वर नगरपालिका उप प्रमुख शान्ती नेपालले कपन अनलाइन संग संक्षिप्त कुरा गर्दै  गरिब, धनी, ब्राह्मण, दलित, उच-निचको ख्याल नगरी यो पर्व एकै साथ मिलेर मनाइनु छठको मुख्य विशेषता हो। समाजमा रहेका छुवाछुत-जस्ता कु-संस्कार, कुरिती र विकृति हटाउन छठ सहायक सिद्ध हुने बिश्वास ब्यक्त गरिन ।छठ पर्वमा स्थानीय उत्पादन, स्थानीय सीप र स्थानीय संस्कारको समिश्रण  पाइन्छ  जस्तै स्थानीय समुदायद्वारा हस्तनिर्मित बाँसको नाङलो, माटोद्वारा निर्मित सामाग्री ढकना,  दियो,  आदि प्रयोग गरिन्छ ।  यसले पनि स्थानीय शिपलाइ बजारीकरण गर्न मदत गर्ने उनले बिश्वास ब्यक्त गरिन ।

  ब्रतालुले साँझ गहुँ र चामलको पीठोबाट बनाइएका ठकुवा, भुसवा, खजुरी, पेरुकिया तथा मुला, गाजर, बेसार ज्यामिर, नरिवल, सुन्तला, केरा उखुलगायतका सामग्री नाङ्लो र ठूलो ढक्कीमा राखी परिवारका सदस्यसहित विभिन्न भक्ति गीत गाउँदै  बागमती नदीमा  पुगेर पुजा गरेका थिए। काठमाडौं उपत्यकामा बस्ने तराईवासी र मधेशी समुदायका नागरिकले भव्य रूपमा छठ मनाउने गर्थे।

मधेसी समुदायले मनाउदै आएको छठ पर्व अहिले अन्य समुदायले समेत मनाउदै आएका छन। विगतका वर्षमा ताल र नदीमा व्रतालुहरूको निकै भिड हुने भए पनि यस वर्ष कोरोना भाइरसका कारण धेरैले घरघरमै पोखरी बनाएर छठ मनाएका छन् ।कोरोना संक्रमणको सतर्कताका कारण यस पटक उपत्यका घाटहरूमा अघिल्ला वर्षहरूको जस्तो भव्य सजावट नभई सुनसान देखिन्थ्यो ।

तपाइँको प्रतिक्रिया ।