कल्पना : त्रिलोचन आचार्य (कविता )
कपन अनलाइन
काठमाडौं ,मंसीर ६ ।
पानी विनाको पनि जिन्दगी छ कि ?
हावा विनाको पनि सिर्जना छ कि ?
आकाश अर्कै छ कि झन् कतै भन
छ कल्पनामा दगुरे अनेकन ।
स्रस्टा कहाँ छन् रचना हजार छन्
न काल देख्छौँ उसकै बजार झन्
अडिन्न कैल्यै कसरी बन्यो मन ?
छ कल्पनामा दगुरे अनेकन ।
जानेर आएँकसले भन्यो यहाँ?
र जानु पर्ने अब हो भनौँ कहाँ?
गाह्रो छिचोल्नै सब सिर्जना वन
छ कल्पनामा दगुरे अनेकन ।
नाता यहाँ खै कसको अकाट्य छ ?
र सुख्ख भन्ने कसको दिगन्त छ ?
म चाहनाको पनिअन्त्यदेख्दिन
छ कल्पनामा दगुरे अनेकन ।
र घाम भन्दा पर घाम नै छ कि ?
यो याम जस्तै पर याम नै छ कि ?
न भन्न सक्छौँ, कति चल्छ जीवन?
छ कल्पनामादगुरे अनेकन ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।