नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक सम्पन्न ,अर्को बैठक १० दिन पछि बस्ने
कपन अनलाइन
काठमाडौं ,मंसिर ३ ।
सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक १० दिनपछि बस्ने भएको छ । आज बसेको बैठकमा पुन: १० दिनपछि बस्ने सहमति भएको छ।
मंसिर १३ गते बस्ने अर्को बैठकमा पार्टी अध्यक्ष केपी ओलीले अहिलेसम्म आएका सामाग्रीहरुको जवाफ दिने प्रवक्ता नारायण काजी श्रेष्ठले दिएका छन।
त्यस्तै मंसिर १३ गते बस्ने बैठकमा स्थायी कमिटी र केन्द्रीय कमिटीको बैठक वारे निर्णय हुनुका साथै सचिवालयमा आएका प्रस्तावहरु उपर छलफल गरिने श्रेष्ठले जानकारी दिएका छन।
तपाइँको प्रतिक्रिया ।