शंखरापुर नगरपालिका वडा नं ८ को वडा कार्यालय भवन शिलान्यास

शंखरापुर नगरपालिका वडा नं ८ को वडा कार्यालय भवन शिलान्यास

कपन अनलाइन

काठमाडौं,मंगसिर ३ ।शंखरापुर नगरपालिका वडा नं ८ को वडा कार्यालय भवन बन्ने भएको छ। उक्त भवनको नगरपालिका प्रमुख सुवर्ण श्रेष्ठले कार्तिक २९ गते एक कार्यक्रमका बीच शिलान्यास गरेका हुन।  स्थानीय कृष्णवीर घ्लानको परिवारले उपलब्ध गराएको ७ आना जग्गामा वडा कार्यलय भवन बन्ने भएको हो ।

उक्त वडा कार्यालयको शिलान्यास कार्यक्रममा शंखरापुर नगरपालिकाकी  उपप्रमुख शुक्रलक्ष्मी श्रेष्ठ, नेकपा बागमती प्रदेश कमिटि सदस्य बुद्दभक्त चित्रकार,नेकपा काठमाडौँ  जिल्ला कमिटि सदस्य एल.पी श्रेष्ठ, कृष्ण बजगाई,राप्रपाका केन्द्रीय सदस्य रमेश नापित, नेकपा शंखरापुरका अध्यक्ष निरज के.सी तथा अन्य राजनीतिक दलका प्रतिनिधि तथा जनप्रतिनिधिहरु सहित स्थानीयको उपस्थिति  रहेको  थियो। कार्यक्रम संचालन  शंखरापुर नगरपालिका वडा नं ८ का वडा सदस्य एबम न्यायिक समिति सदस्य देवकृष्ण केसी ले गरेका थिए।

साबिक बज्रयोगिनी गाबिसको ३ वटा  वडा मिलेर बनेको सो वडा इस्कुस खेतीका लागि प्रख्यात छ|उक्त कार्यालय  भवन भुल्बु, कार्किगाउँ र घुमारिचोकको केन्द्रमा निर्माण हुन लागेको हो|  सबैको पायक पर्ने मोक्तान टोलको लाहुरी  डाँडामा बन्न लागेको  ४ तले भवन भूकम्प प्रतिरोधी  हुनुको साथै  करिव १५ कोठा रहने  नगर प्रवक्ता एबम वडा नं ८ का वडा अध्यक्ष हितमान तामाङले कपन अनलाइनलाइ जानकारी गराए ।

शंखरापुर नगरपालिकाको आ. ब. ७७/७८को लागि छुट्टिएको करिव १ करोड ९४ लाख बजेटमा निर्माण हुन लागेको उक्त कार्यालय भवनको निर्माणको जिम्मा तामाकोसि कन्स्ट्रक्सन कम्पनी प्रा. लि ले  पाएको र उक्त्त काम अबको  १५ महिनामा सम्पन्न  गरिसक्नु पर्ने शंखरापुर नगरपालिकाका प्राबिधिक बालकृष्ण मानन्धर जानकारी गराए | हाल उक्त वडा कार्यालय भवन भाडाको घरमा संचालन हुदै आएको छ ।

तपाइँको प्रतिक्रिया ।