तिन मुक्तक : अनिल चापागाई
कपन अनलाइन
काठमाडौं ,कार्तिक २८।
मुक्तक १
एकलाइ दुइ दुइलाइ चार
बनाउंछन किन
हारलाइ जित जितलाइ
हार बनाउंछन किन
बुझ्नै सकिन बुझ्ने हजारौं
कोसिस गर्दा पनि
बिना सत्यता मनलाग्दि
सार बनाउंछन किन
मुक्तक २
बढ्दो जवानि संगै धर्म
बिर्सिदिन्छ मान्छे
पुरा गर्न जन्मेको कर्म
बिर्सिदिन्छ मान्छे
लोभ लालच जवानिले
बेरेपछि चारैतिर
कति सजिलै संग शर्म
बिर्सिदिन्छ मान्छे
मुक्तक ३
उनलाइ पर्खि बस्दा
गल्नुको पिडा
धोका सहन नसकि
ढल्नुको पिडा
भोगेको छु हजुर
कस्तो हुन्छ भनेर
जिउंदै पल पल मर्दै
जल्नुको पिडा।
तपाइँको प्रतिक्रिया ।