कपन पैयाटार बसपार्क निर्माणमा राजनीतिक र सामाजिक अगुवा भन्नेहरुले नै अबरोध गरे :राजु अधिकारी
कपन अनलाइन
काठमाडौं ,कार्तिक २८।
कपन पैयाटार बसपार्क निर्माणमा राजनीतिक र सामाजिक अगुवा भन्नेहरुले नै अबरोध गरेको बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का अध्यक्ष राजु अधिकारीले बताएका छन।
वडा अध्यक्ष अधिकारीले कपन पैयाटारको सन्तोषी माता मन्दिर नजिक चुनदेवी मार्गमा रहेको सार्वजनिक जग्गामा बसपार्क निर्माणका लागि नगरपालिकाले पहल गर्दा स्थानीय केहि व्यक्तिहरुको भूमिकाका कारण बजेट फिर्ता लानुपरेको भन्दै दुख व्यक्त गरेका छन।
सडकमा पार्किंग गर्नुपरेको अवस्थामा प्रताव गरिएको सो स्थान बसपार्कका लागि उपयुक्त रहेको धारणा राख्दै यातायात क्षेत्रमा पनि लामो अनुभव भएका वडा अध्यक्ष अधिकारीले यसमा स्थानीयहरुको साथ र सहयोग हुँदाहुदै पनि अनावस्यक राजनीतिका कारण अवसर बाट वडावासी बन्चित हुनु परिरहेको बताएका छन।
सो क्षेत्रका स्थानीयहरुको माग र समस्यालाई संबोधन गर्न वडा सधै तयार रहेको बताउदै अध्यक्ष अधिकारीले पैयाटारमा व्यवस्थित र सुविधा सम्पन्न बसपार्क निर्माणलाई प्रमुख प्राथमिकतामा राख्ने बताएका छन।
व्यवस्थित बसपार्क निर्माणले सार्वजनिक यातायातको दिगो र निरन्तर संचालनमा सहयोग पुग्ने भन्दै अधिकारीले सामुहिक पहलका लागि स्थानीयहरु संग आग्रह गर्दै चाडै यसको विस्तृत योजनाका वारेमा छलफल गर्ने जानकारी दिएका छन।