बुढानिलकण्ठ भगवानले नुहाउने ऐतिहासिक अप्सरा घाट

बुढानिलकण्ठ भगवानले नुहाउने ऐतिहासिक अप्सरा घाट

कपन अनलाइन

काठमाडौं ,कार्तिक २४।

बुढानिलकण्ठ नगरपालिका वडा नं १ मा रहेको अप्सरा घाट निकै महत्वपूर्ण धार्मिक स्थल हो। यो घाटमा भगवान बुढानिलकण्ठ स्नान गर्न आउने र स्वर्ग बाट अप्सराहरु पनि यस स्थानमा आएर नुहाउने विस्वास रहेको बुढानिलकण्ठ मन्दिरका मठाधिस निगमानंदले बताएका छन।

परापुर्वकालमा यस क्षेत्रमा रहेका सुर्यकेतु नाम गरेका राजा दैनिक रुपमा बद्री र केदारको दर्शन गर्न जाने गरेकोमा उनको जिवनको उत्तरार्धमा उनले दैनिक सो कार्य गर्न नसकेको भन्दै आग्रह गरेपछि भगवानले  सो स्थानमा आउने बताएको जानकारी दिदै मठाधिस निगमानंदले प्रताप मल्लको समय सम्म बुढानिलकण्ठ भगवान जीवित रहेको बताएका छन।

सो समय सम्म जीवित रहेका बुढानिलकण्ठ हरेक रात १२ बजेको समयमा उक्त अप्सरा घाटमा स्नान गर्ने र सो समयमा हाल बुढानिलकण्ठको मुर्ति रहेको स्थानमा खाली हुने गरेको स्थानीयहरुले बताएका छन।

शिवपुरी पर्वत शृंखला बाट आएको महादेव खोलाको किनारमा रहेको सो घाटमा एकादशीको दिन स्नान गर्न टाढा टाढा बाट भक्तजनहरु आउनेगरेका छन।

हाल स्थानीयहरुले खोला मिचेर अतिक्रमणको खतरामा परेकोसो स्थानमा वडा नं १ ले स्नानका लागि धारा निर्माण गर्नुका साथै सो क्षेत्रमा थप पूर्वाधार निर्माण गर्ने योजना रहेको जानकारी दिएको छ।

 

तपाइँको प्रतिक्रिया ।