तीनै तहका योजनाहरुलाइ एकीकृत गरि स्थानीयको सहभागितामा मुर्तरुप दिनुपर्छ : मन्त्री रामेश्वर फुयाल
कपन अनलाइन
काठमाडौं ,कार्तिक २३ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को ऐतिहासिक गाउ देशेमा नेवारी कला संस्कृति झल्कने खुल्ला संग्राहलय निर्माणको लागि शिलान्यास गरिएको छ । शनिबार एक कार्यक्रमको बीच बागमती प्रदेशको भौतिक तथा पुर्वाधार विकास मन्त्री रामेश्वर फुयालले संग्राहलय निर्माणको लागि शिलान्यास गरेका हुन।
वर्क इन टाइम कन्स्ट्रक्सनले (मु, अ कर सहित) ३३ लाख ३६ हजार ५ सय ८६ रुपैया ७१ पैसाको लागतमा निर्माण हुन लागेको सो संग्राहालय शिलान्यास कार्यक्रममा शुभकामना मन्तब्य राख्दै बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रि रामेश्वर फुयालले लिच्छवी, किरातकालको त्यो भन्दा आदि कालको अध्ययन गर्दा सम्झना हुने ठाउको नाम उल्लेख गर्दा गोकर्ण भएको बताए। उनले गोकर्णेश्वरको हरेक बेला स्मृति हुने भन्दै त्यो इतिहासको बारेमा नया पुस्ताले सिक्नु पर्ने बताए। सो बिषय जोड्दै जोड्दै अगाडी जानु पर्ने बताए ।
भेषभूषा, रीतिरिवाज, खानपान, कला, संस्कृति कागजमा सीमित भइरहेका बेला पछिल्लो पुस्ता यसको संरक्षणमा लाग्नु पर्ने बताउदै परम्परागत कला, संस्कृति, भेषभूषा, खानपान दैनिक जीवनमा प्रयोग गर्न नसके पनि बिभिन्न कार्यक्रम जस्तै मेला महोत्सबमार्फत संरक्षणको प्रयास गर्दै आएको बताए ।उनले २०४६ सालको क्रान्ति पछाडी देशेमा नेपाल कम्युनिष्ट पार्टी एमालेले जिते पछि सम्पूर्ण ऐतिहासिकता थप्ने गरि कामको थालनी भएको स्मरण गरेका थिए ।त्यसको नेतृत्व गोबिन्द बहादुर श्रेष्ठले गरेको बताउदै त्यति खेर गाउ बिकास समितिले गरेका काम मध्ये देशे आउन बनाएको पुलको उदाहरण दिदै अहिले पनि सो पुल फेरीहाल्न नपर्ने तर कलात्मकता थप्न पर्ने बताए ।
उनले २०४६ सालको क्रान्ति पछि नेपाल कम्युनिष्ट पार्टीले सम्पदा क्षेत्र जोगाउनको लागि जे अभियान अगाडी बढायो त्यो आजको उपलब्धि भएको बताए । उनले देशेमा भएको ऐतिहासिक धर्म सांस्कृतिक विविधताको सम्मान गर्दै भाषा र संस्कृतिसँग जोडिएका विषयको अध्ययन, अनुसन्धान र विकासका लागि जीवन्त इतिहास रुपमा रहेका पुरातात्विक महत्वका ऐतिहासिक धरोहरको संरक्षण सम्वर्धन र विकास गर्नका हेतु खुल्ला संग्राहलय निर्माण गर्न लागिएको जानकारी गराए। पछिल्लो समय बागमती सरकारले कला, संस्कृतिदेखि मौलिक बाजा संरक्षणको क्षेत्रमा काम गरिरहेको बताउदै राम्रा राम्रा दिगो दुरगामी योजना ल्याएमा बजेटको अभाब हुन नदिने उनले बताए।
उनले चाडै नै जोरपाटी सुन्दरीजल सडक बन्ने बताउदै आउने बर्खामासो बाटोमा कसैले हिलो देख्न नपाउने पनि बताए । उपत्यकाका ६ ठाउ बाट बागमती प्रदेश सरकारले काठमाडौं उपत्यका काठ चक्रपथको सुरुवात गरिरहेको भन्दै जगडोलमा ढलान चम्किरहेको बताए । उनले उपत्यका मात्र नभई बागमती प्रदेशलाइ हरियाली प्रवर्धन गर्दै हरित प्रदेशको रुपमा अगाडी बढाइने भन्दै सडक यातायात, स्वास्थ्य, खानेपानी र रोजगारमुखी शिक्षा प्रणालीलाइ सुधार गरि अगाडी बढाउने उद्घोष गरे । उनले तिनै तहका सरकारको सहभागिता र सहकार्यमा विकास निर्माणको कामले गतिलिने भन्दै सो काममा स्थानीयको सहयोग आवश्यक भएको बताए । उनले स्थानीय, प्रदेश र केन्द्र सरकारका विभिन्न योजनाहरुलाइ एकै ठाँउमा ल्याइ स्थानीयको सहभागितामा मुर्तरुप दिनु पर्ने पनि बताए ।