कला सस्कृतिलाइ संरक्षण गरि भाबी पुस्तालाइ हस्तान्तरण गर्नुपर्छ : शान्ती नेपाल ( उप प्रमुख गोकर्णेश्वर )
कपन अनलाइन
काठमाडौं ,कार्तिक २३ । गोकर्णेश्वर नगरपालिका वडा नं ४ को ऐतिहासिक गाउ देशेमा नेवारी कला संस्कृति झल्कने खुल्ला संग्राहलय निर्माणको लागि शिलान्यास गरिएको छ । वर्क इन टाइम कन्स्ट्रक्सनले (मु, अ कर सहित) ३३ लाख ३६ हजार ५ सय ८६ रुपैया ७१ पैसाको लागतमा निर्माण हुन लागेको सो संग्राहालय शिलान्यास कार्यक्रममा शुभकामना मन्तब्य राख्दै गोकर्णेश्वर नगरपालिकाकि उप प्रमुख शान्ती नेपालले देशे गाउको ऐतिहासीक, धार्मिक ,संस्कृतिक कला संस्कृतिको जगेर्ना गर्दै आन्तरिक तथा बाह्य पर्यटक प्रवर्द्धन गर्ने उद्देश्यले संग्रहालय निर्माण गर्न लागिएको जानकारी गराइन ।
उनले देशे गाउको ऐतिहासिकता मौलिक परम्परा कला सस्कृतिको संरक्षण गरि भाबि पुस्तालाई त्यसको बारेमा जानकारी दिने उदेश्यले पनि पनि खुल्ला संग्राहालयको परिकल्पना गरिएको बताइन। उनले पहिलो पटक गोकर्णेश्वर मन्दिरको प्राङ्गणमा गोकर्णेश्वर महोत्सब हुदा खेरि खुल्ला संग्राहलय बनाउनु पर्छ भनेर उद्घोष गरेको स्मरण गर्दै आज बागमती प्रदेश बाट खुल्ला संग्राहलयको लागि बजेट बिनियोजन भएकोमा खुसि ब्यक्त गरिन।
आफुहरु नगरपालिकामा आइसके पछि गोकर्णेश्वर नगरपालिका मार्फत धेरैबजेट बिनियोजन भई कार्यहरु समेत भईरहेको जानकारी गराइन । उनले सो ठाउमा मनाइने बिभिन्न परापुर्वकाल देखि मनाइदै आएको जात्रा, जात्रामा प्रयोग हुने बाजा तथा सास्कृतिक पर्वहरुको जगेर्ना गर्न समेत कामहरु गरिरहेको जनाकारी गराइन । धर्म कला संस्कृति जगेर्ना गर्न अक्षय कोष समेत स्थापनाका लागि बजेट बिनियोजन गरेको जानकारी दिदै बिनियोजन भएको रकम दुरुपयोग नहुनेगरि काम गर्नुपर्नेमा समेत जोड दिईन।
गोकर्णको देशे गाउ ऐतिहासिक, मौलिक कला र संस्कृतिका रुपमा परिचित भएपनि पछिल्लो समय मौलिक कला र परम्परागत शैलीको प्रयोग हराउदै गएकोमा त्यसको संरक्षणमा सबै जना मिलेर काम गर्नु पर्नेमा जोड दिएकी थिइन । उनले ‘पुस्ता हस्तान्तरण हुन सके मात्र आफ्नो धर्म, संस्कृतिको संरक्षण गर्न सकिन्छ,’ उनले भनिन। ‘, यसो गर्दा मात्र आफनो संस्कृतिलाई जोगाउन सकिने बताइन । समुदायका भाषा, संस्कृति संरक्षण भए पर्यटनमा समेत टेवा पुग्ने पनि बताइन ।समुदायको धर्म , परम्परा, संस्कार हाम्रा अमूल्य निधी हुन’, उनले भनिन , ‘भावी सन्ततिका लागि परम्परागत भाषा, संस्कृतिको महत्व बुझाउनु पर्दछ, त्यसैले आजैदेखि सबैजनाले आफ्नो ठाउँबाट संरक्षण अभियानमा लाग्नु पर्ने उनले बताइन ।