बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको प्रारम्भिक साधारण सभा सम्पन्न
कपन अनलाइन
काठमाडौं, कार्तिक २३। बागमती प्रदेश बचत तथा ऋण सहकारी संघको प्रारम्भिक साधारण सभाबाट अध्यक्ष पदमा उद्दव सापकोटा निर्वाचित भएका छन । शनिबार बनेपामा सम्पन्न प्रारम्भिक साधारणसभाले अध्यक्षमा सापकोटालाई सर्वसम्मत चुनेको हो । उनि तदर्थ समितिको पनि अध्यक्ष थिए । प्रारम्भिक साधारणसभाबाट सचिव बाहेक १७ सदस्यीय सञ्चालक समिति र तीन सदस्यीय लेखा समिति सदस्यहरु निर्विरोध निर्वाचित भएका छन् । साधारणसभामा सचिव पदका लागि मात्र निर्वाचन भएको थियो ।
सञ्चालक समितिको वरिष्ठ उपाध्यक्षमा प्रकाश श्रेष्ठ, महिला उपाध्यक्षमा राधा सिंतान, महासचिवमा जिवसराज खड्का, सचिवमा गोविन्द प्रसाद काफ्ले, कोषाध्यक्षमा टापबहादुर श्रेष्ठ रहेका छन । सचिवमा गोविन्द काफ्ले र कमलराज अधिकारी बीच प्रतिस्पर्धा भएको थियो । अधिकारीले १२ मत र गोबिन्द काफ्लेले ६३ मत प्राप्त गरेका थिए । यसैगरी, नवर्निवार्चित समितिको सदस्यहरूमा ईन्द्र घिमिरे, प्रकाश बञ्जारा, तेजन्द्रबहादुर खड्का, राधा कडरिया, कृष्ण गोविन्द लाखाजु, प्रदिप थापा, ठाकुरप्रसाद बाँस्कोटा, कृष्णहरि कोईराला, चक्रबहादुर बस्नेत, जगन्नाथ दाहाल, ओमप्रसाद आचार्य चयन भएका छन । त्यस्तै लेखा समितिको संयोजकमा केशवप्रसाद दंगाल र सदस्यहरूमा रमिला श्रेष्ठ र रमेश श्रेष्ठ चयन भएका छन ।
यसैबीच, निर्वाचित सञ्चालक समितिलाई नेफ्स्कूनका अध्यक्ष परितोष पौड्यालले बधाई सहित सफल कार्यकालको शुभकामना समेत व्यक्त गरेका थिए । अध्यक्ष पौड्यालले प्रदेश बचत संघसँगको सुमधुर सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास समेत व्यक्त गरेका थिए । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान अध्यक्ष केशब प्रसाद बडाल, वर्तमान अध्यक्ष मिनराज कडेल, नेफ्स्कूनका अध्यक्ष परितोष पौड्याल, महासचिव दामोदर अधिकारी, कोषाध्यक्ष दिपक पनेरु लगायतको सहभागिता रहेको थियो ।