टोखा नगरपालिकामा थप ५८ जनामा संक्रमण पुष्टि, संक्रमित सख्या बढेर २ हजार ५ सय ३३ जना पुग्यो।

कपन अनलाइन

काठमाडौं ,कार्तिक १९ /नविना श्रेष्ठ

टोखा नगरपालिकामा पछिल्लो २४ घण्टाको वडा गत विवरण अनुसार कोरोना भाइरस संक्रमण भएका संक्रमित सख्या ५८ जना पुष्टि भएको छ। हाल सम्म जम्मा संक्रमित सख्या बढेर २ हजार ५ सय ३३ जना पुगेको छ। टोखा नगरपालिकाको विवरण अनुसार हाल सम्मको महिला सख्या १०६८ जना रहेको र पुरुष सख्या १४६५ जना रहेका छन्। सकृय संक्रमित सख्या ४४२ जना रहेको र संक्रमित सख्या मध्ये निको हुनेको संख्या २०८३ जना पुगिसकेका छन्। कोभिड-१९ नोबेल कोरोना भाइरस संक्रमण भएका वडा गत विवरण अनुसार संक्रमित महिला सख्या २४ जना रहेको र पुरुष सख्या ३४ जना रहेका छन्।

होम आइसोलेसनमा ५६ जना रहेको र अस्पतालमा ५ जना मात्र रहेको टोखा नगरपालिका उपप्रमुख ज्ञान माया डंगोलले जानकारी दिएकी छिन्।

कार्तिक १८ गतेको वडा गत विवरण अनुसार संक्रमित रहेका वडा नं ३ मा ११ जना रहेका छन्। भने वडा नं ४मा ६ जना वडा नं ५मा ३ जना वडा नं ६मा ६ जना वडा नं ७मा १३ जना वडा नं ८मा ६ जना वडा नं ९मा २ जना वडा नं १०मा ५ जना वडा नं ११मा ६ जना रहेका छन्। हाल सम्म कुल PCR परिक्षण गरेका हरुको सख्या भने ६०१३ जना रहेका छन्। कार्तिक १८ गते ४३ जनाले PCR परिक्षण गरेका थिए। कुल सम्पर्क मा परिक्षण गर्ने हरुको सख्या ३८१० जना पुग्यो। CICT Team ले ५८ जनाको case Investigation गरेको छ। हाल टोखा चण्डेश्वरी प्राथमिक स्वास्थ्य केन्द्रमा जम्मा २ जना संक्रमित मात्र रहेको टोखा नगरपालिका उपप्रमुख डंगोलले बताएकी छन्।

तपाइँको प्रतिक्रिया ।