पार्टीभित्र स्वार्थका कारण दुर्भाग्य निम्त्याउनेलाई सबैले बेलैमा चिन्नुपर्छ : उपप्रधानमन्त्री ईश्वर पोखरेल
कपन अनलाइन
काठमाडौं, कार्तिक १८।उपप्रधानमन्त्री ईश्वर पोखरेलले पार्टीभित्र स्वार्थका कारण दुर्भाग्य निम्त्याउनेलाई सबैले बेलैमा चिन्नुपर्ने बताएका छन् । उनले सामाजिक सञ्जालमार्फत एकताका बेला गरिएको सहमति विपरीत पूर्वसमूहको समीकरण बनाएर विभाजनको दुर्भाग्य निम्त्याउन लागेको बताएका हुन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन ,–‘जेसुकै होस् पार्टी एकताका वेला गरिएको सहमती विपरित पूर्व समूहभित्रको गुटगत आवद्धतालाई समाएर समिकरणको खेल खेल्नखोज्दा विभाजनको दुर्भाग्य निम्तिन लागेको हो। त्यस्तो दुर्भाग्य निम्त्याउनेहरूलाई सबैले बेलैमै चिनौं, खवरदारी गरौं ! व्यक्तिगत स्वार्थका कारण यसो गर्नेहरूसित असहमति जनाउँदै पार्टी एकतालाई बचाऔं !!
तपाइँको प्रतिक्रिया ।