दहि छ्याप्दै मनाइयो तौथली जात्रा
कपन अनलाइन
सिन्धुपाल्चोक,कार्तिक १६ । सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा दही छ्याप्ने जात्रा सम्पन्न भएको छ । विजयादशमीको भोलिपल्ट दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एकआपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा सम्पन्न भएको हो । कोरोना भाइरस महामारीको संक्रमण बाट बच्न स्वास्थ्य सुरक्षा मापदण्ड अपनाई ठाउ ठाउमा स्यानीटाईजर राखिएको थियो भने डोरीले बाटो छेकेर सहभागीलाइ स्वास्थ्य परिक्षण गरेर मात्र प्रवेश दिइएको त्रिपुरासुन्दरी ५ का अध्यक्ष बिष्णु भक्त श्रेष्ठले बताए ।
१३ औं शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा सो स्थानमा बाहेक अन्यत्र कतै नभएको र तौथलीका स्थानीय बताउछन आसपासका गाउँका गाईभैँसीले सधै दूध दिइरहुन् भन्ने विश्वासमा देवीलाई दही चढाउने परम्परा रहँदै आएको छ । दुइ घन्टाको दहि छ्याप्ने जात्र सकिए पछि महादेबिलाई जगाउन ६ वटा लिङ्गो नचाउदै तरबार खाँडो, देखाएर नृत्य निकालिएको थियो। जात्राका लागि वडा कार्यलय बाट ३ लाख बजेट बिनियोजन गरेको पनि वडा अध्यक्ष बिष्णु भक्त श्रेष्ठले बताए ।
द्वापरयुगमा कौरव र पाण्डवको कलहका कारण पाण्डव जुवा हारेपछि १२ वर्ष वनबास र एक वर्ष गुप्तबास बसेको महाभारतमा उल्लेख छ । उनीहरु गुप्तबास बसेको ठाउँ दोलखा भएको अनुमान गरिएको छ । गुप्तबास बस्दा अरुबाट चिनिने डरले उनीहरूले पाल्छी भाषा अर्थात् कोड भाषा प्रयोग गरेका थिए । दोलखा र तौथली डाँडाबारी र पारी पर्ने हुँदा दुवै स्थानका नेवारले बोल्ने भाषा प्रायः मिल्दोजुल्दो छ । दोलखाका नेवार समुदायले बोल्ने भाषा तौथलीबाहेक नेपालका कुनै पनि स्थानमा बोल्दैनन् र बुझ्न पनि कठिन पर्दछ । दोलखामा जस्तै तौथलीमा पनि भिमसेनको मन्दिर रहेको छ ।
फोटो : गणेश श्रेष्ठ