बुढानिलकण्ठ-३ का अध्यक्ष बालकृष्ण श्रेष्ठ कोरोनालाई जितेर जनसेवामा फर्किए

कपन अनलाइन

काठमाडौं ,कार्तिक १५।

बुढानिलकण्ठ नगरपालिका वडा नं ३ का अध्यक्ष बालकृष्ण श्रेष्ठले कोरोनालाई जितेका छन।

असोज २८ गतेको पिसिआर परिक्षणमा संक्रमण देखिएपछि आईसोलेशनमा रहेका श्रेष्ठलाई बुढानीलकण्ठ नगरपालिकाकी  उप प्रमुख रमादेवी राई र स्वास्थ्य  शाखा प्रमुख कुमार प्रसाद दाहालले  महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठका प्रमुख प्रहरी निरीक्षक राजकुमार तामाङ, समाजसेवी युवा मनोज श्रेष्ठ स्वास्थ्यकर्मी निर्जना साउद लगायतको उपस्थितिमा श्रेष्ठलाई प्रमाणपत्र प्रदान गरेका थिए ।

वडा अध्यक्ष  श्रेष्ठले आफुले साथीभाईलाई फोन गर्दा पछी कुरा गरौंला भनेर राखेको अनुभव पनि सुनाउदै आफू संक्रमित भएर आईसोलेशनमा बस्दा शिघ्र स्वास्थ लाभको कामना गर्दै शुभकामना दिने सम्पूर्ण शुभचिन्तकहरु प्रति हार्दिक आभार व्यक्त गरेकाछन।

तपाइँको प्रतिक्रिया ।