काठमाडौं महानगरपालिका ६मा १०८ जना कोरोना संक्रमित थपिए

काठमाडौं महानगरपालिका ६मा १०८ जना कोरोना संक्रमित थपिए

कपन अनलाइन

काठमाडौं, कार्तिक १४ । काठमाडौं महानगरपालिका वडा नं ६मा  २०७७ साल कार्तिक ६ गते देखि कार्तिक १२ गते सम्ममा थप १०८ जनामा कोरोना संक्रमित पुष्टि भएको   वडा सदस्य जयराम पुडासैनीले जानकारी गराए। उनले हाल सम्म३४५जना महिला र ३८७ जना पुरुष गरि कुल  ७३२जनामा  कोरोना संक्रमण भएको   जानकारी गराउदै संक्रमितहरु मध्ये २५४ जना होम आइसोलेसनमा बसेको ९ जना अस्पतालको आइसोलेसनमा रहेको र ४६०जनाले कोरोना जितेको बताए।

त्यसै गरि हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६मा ९ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको पनि  जानकारी गराए। हाल सम्म काठमाडौं महानगरपालिका वडा नं ६ मा  १५६६ जनाको पिसीआर परिक्षण गरिएको बताउदै सबैलाई स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न पनि अनुरोध गरेका छन ।

तपाइँको प्रतिक्रिया ।