सांसद यज्ञराज सुनुवारका कुरा ७ वर्षमा पुरा : खिजीदेम्बा सदरमुकाम संग जोडियो
कपन अनलाइन
ओखलढुंगा ,कार्तिक ८।
ओखलढुंगाको खिजीफलाटेबाट श्रीचौर हुँदै सडक जोेडिएसँगै जिल्ला सदरमुकाम संग जोडिएको छ । आफ्अनै जिल्न्यला सदरमुकाम जानका लागि अन्य जिल्ला घुम्नु पर्ने बाध्यता बाट स्थानीय मुक्त भएका छन भने २०७० शालमा ओखलढुंगा जिल्लाका प्रतिनिधि सभा सदस्य यज्ञराज सुनुवारले गरेको बाचा ७ वर्ष पछी पुरा भएको छ।
आफ्नै क्षेत्रबाट सडक नहुँदा खिजीदेम्बाका स्थानीय रामेछापको सदरमुकाम मन्थली, सिन्धुलीको खुर्कोट र उदयपुरको घुर्मी घुमेर ओखलढुंगा सदरमुकाम पुग्ने गरेका थिए । यसअघि जन्तरधापबाट सोलुखुम्बुको सिमाना घुमेर भुसिङगा र पात्ले हुँदै खिजीफलाटे सडक जोडिएको भएपनि हिउँदमा हिउँ र वर्षामा पानी पर्दा महिनौं दिन ति सडकहरु अवरुद्ध हुने गरेका छन ।
अहिले श्रीचौरको यलुङखोलादेखि ओखरबोट, हातेबन्से हुँदै खिजीदेम्बाको केन्द्र फलाटे बजार जोडिएको छ । त्यहाँबाट शाखा सडकहरु खिजीका सबै वडा र टोलबस्तिमा सम्म जोडिएका छन् ।
यो सडक खुलेसँगै खिजीदेम्वाबाट मोलुङ गाउँपालिका केन्द्र प्राप्चाहुँदै सदरमुकाम ओखलढुंगा आइपुग्न अहिलेको कच्चि सडकमा बढीमा ४ देखि ५ घण्टा लाग्छ । यस अघि पैदल हिँड्दा १८ घण्टा भन्दा बढि लाग्थ्यो । सवारी यात्रा खर्चिलो हुने र अन्य जिल्ला घुमेर कष्टकर यात्रा गर्नुपर्ने भन्दै स्थानीयले पैदल मार्गकै बढी प्रयोग गर्ने गरेका थिए ।
यज्ञराजका कुरा : ७ वर्षमा पुरा
साविकको इलाका नम्बर ६ हालको खिजीदेम्बा गाउँपालिकाका स्थानीयहरुको सदरमुकाम आवत जावत गर्ने छोटो दुरीको पैदल मार्ग अहिले सडक जोडिएकै ठाउँबाट थियो । भिर पहरा सहितको भौगोलिक विकटताका कारण त्यस क्षेत्रमा सडक निर्माण गर्ने कसैको योजना थिएन ।
२०७० सालमा हालका संघीय प्रतिनिधिसभाका सांसद यज्ञराज सुनुवारले तत्कालिन समयमा संविधान सभा सदस्यको उमेद्वार हुँदा यो सडक निर्माण गर्ने बाचा गरेका थिए । निर्वाचित भए लगतै खिजीदेम्बाका स्थानीयले देशका सांसदको संख्या जत्तिकै ६०१ मिटरको फुलको मालाले सम्मान गर्दै सांसद सुनुवारलाई खिजीक्षेत्र विकास र सेवा सुविधामा पछि परेको भन्दै ध्यानाकर्षण गराएका थिए ।
दुर्गम गाँउको विकासलाई प्राथमिकतामा राख्दै विभिन्न समयमा १ करोड ३६ लाख रकम व्यवस्थापनका लागि पहल गरेका सांसद सुनुवारले
संविधान सभा सदस्य हुँदा खिजी–दोब्रेभञ्ज्याङ जोड्न १० लाख, प्रतिनिधिसभामा निर्वाचित भएपछि दोब्रेभञ्ज्याङ–हात्तेबन्से जोड्न ५१ लाख, गतवर्ष मोलुङको यलुङखोलादेखि ओखरबोट हुँदै हातेबन्से जोड्न ४० लाख र यसवर्ष ३५ लाख गरि कुल १ करोड ३६ लाख रकम बिनियोजन गरेका थिए।
खिजीदेम्बा गाउँपालिका र मोलुङ गाउँपालिकाले पनि साझेदारीमा श्रीचौर–फलाटे सडक खण्डमा करिब ३५ किलोमिटर चट्टान काटिएको थियो भने झण्डै ३ सय घण्टाभन्दा बढी पहरो फुटाउन ब्रेकर चलाउनु परेको निर्माण उपभोक्ता समितिका पदाधिकारी बताउँछन् ।
२०७० सालमा खिजीमा नापी, मालपोत र इलाका प्रशासन जस्ता कार्यालय ल्याउन पहल गरेका सांसद सुनुवार सिधै सदरमुकाम जोड्ने सडक निर्माणलाई प्राथमिकतामा राखेका थिए । नापी, मालपोत र इलाका प्रशासन सहितका कार्यालय सञ्चालनमा आईसकेका छन् । फोटो सौजन्य : पूर्ण प्रसाद न्यौपाने (भिजन डट ओआरजी )