लोक नायक केसी : नवीन मनोहर (कविता )
कपन अनलाइन
काठमाडौं ,कार्तिक १।
म पागलहुँ
म बेहाल छु
मैले गरेको काम
दुनियाँलाई दुखोस्
त्यो म चाहन्न
मैले गरेको कामबाट दुनियाँ
खिल्खिलाएर हाँसोस्
त्यसमापनिमलाई मतलबभएन
म मेरो
अन्र्तहृदयले भनेको कार्य
मनषा, वाचा र कर्मणा
जीवनपर्यन्त गरिरहन्छु
चाहे मेरो जीवनमाआँधीआओस्
चाहे मेरो इच्छामा बाधा परोस्
म हिँडेको बाटामा
काँडैकाँडा छर
या गेग्य्रान बिछ्याऊ
म शान्तिपूर्वक हिँडिरहन्छु
म चैनपूर्वक लम्किरहन्छु
मेरो सपना
सुन्दर नेपाल
शान्त नेपाल
विकसित नेपाल
स्वस्थ नेपाल
र समृद्ध नेपालहो,
के तिमी र तिमीहरूको नेपाल
मेरो जस्तो छैन र ?
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।