गीत : बिमला अधिकारी (देवकोटा)
कपन अनलाइन
काठमाडौं ,कार्तिक १।
पलपल मर्दै बाचेका छौँ देख्दा मन रुन्छ
सत्यवादीतिम्रो मागले मन मुटुमा छुन्छ ।
तिम्रो सारा अस्तित्व नै लुटेको म देख्छु
तिम्रो विरुद्धमा देश नै जुटेको म देख्छु
आँसु थामिदैन हेर मनै कस्तो–कस्तो हुन्छ
सत्यवादीतिम्रो मागले मन मुटुमा छुन्छ ।
पलपलमर्दै बाचेका छौँ देख्दा मन रुन्छ
सत्यवादी तिम्रो मागले मन मुटुमा छुन्छ ।
न छन् छोराछोरी तिम्रो न छन् परिवार जहान
देशको लागि लडेका छौँ उच्चबिचार कतिमहान
बैरो भाछ यो सरकार तिम्रो चीत्कार कसले सुन्छ
सत्यवादी तिम्रो मागले मन मुटुमा छुन्छ ।
पल–पलमर्दै बाचेका छौँ देख्दा मन रुन्छ
सत्यवादी तिम्रो मागले मन मुटुमा छुन्छ ।
सहकार्य : कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।