माग पुरा नभए संघर्षमा उत्रिने ओखलढुंगाका १४ दलको चेतावनी
कपन अनलाइन
काठमाडौं ,असोज २५ ।
राष्ट्रिय स्वाधीनता, जनतन्त्र र जनजीविका लगायतका विषयमा कार्यगत एकता गरी संघर्ष गर्दै आएका १४ दल ओखलढुंगामा पनि सक्रिय भएका छन् । असोज २२ गते बसेको १४ दलको बैठकले गरेका निर्णय तथा आठ बुँदे माग एक वक्तव्य मार्फत् सार्वजनिक गरिएको छ । १४ दलको तर्फबाट नेकपा (क्रान्तिकारी माओवादी)का ओखलढुंगा सेक्रेटरी पर्वतले २३ असोजमा जारी गरेको वक्तव्यमा माग पूरा नभए कडा संघर्षमा उत्रने सरकारलाई चेतावनी दिएको छ ।
लिम्पियाधुरासहितको जारी नक्सा अनुसारको नेपाली भूमि फिर्ता गराउन र राष्ट्रघाती एमसीसी सम्झौता खारेज गर्न, जिल्लामा व्याप्त बेरोजगारी, महंगी, कालोबजारीका समस्या समाधान गर्न, विकास निर्माण तथा सार्वजनिक सेवामा हुने ढिला सुस्ती र भ्रष्टाचारको अन्त्य गर्न जोडदार माग गरिएको छ । विभिन्न आठ वटा बुँदामा अगाडि सारिएका मागहरु तत्काल पूरा गर्न सरकार र सम्बद्ध निकायसँग माग गरिएको छ ।