काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को बार्षिक साधारण सभा सम्पन्न

काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को बार्षिक साधारण सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं ,असोज २५।

काठमाडौं बचत तथा ऋण सहकारी संघ (कास्कून) को स्थापना दिवस र बार्षिक साधारण सभा सम्पन्न गरेको छ ।संघले कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण  १८ औं स्थापना दिवस  र १७ औं बार्षिक साधारण सभा  आज भर्चुअलरुपमा सम्पन्न गरेको हो ।

संघले वार्षिक साधारणसभाको अवसर पारेर विभिन्न व्यक्ति तथा संस्थालाई सम्मानित गरेको छ  । संघले यस वर्ष सतुंगलको वेस्ट्रन  ऋतम्भरा बचत तथा ऋण सहकारीलाई उत्कृष्ट ब्यवसाय साकोस सम्मान प्रदान गरेको छ भने अधिक शेयर खरिद साकोस सम्मानबाट सत्कार बचत तथा ऋण सहकारी र   उत्कृष्ठ साकोस सम्मान चन्द्रागिरि बचत तथा ऋण सहकारीले पाएको छ। त्यस्तै  अधिक बचत कारोबार साकोस सम्मान कोल्मतेश्वर बचत तथा ऋण सहकारीले प्राप्त गरेको छ ।

यो वर्ष कास्कून वर्ष ब्यक्ती अभियान्ता सम्मानबाट पूर्व लेखा समिति सदस्य हरिशरण थापा सम्तमानित  भएका छन भने   उत्कृष्ठ कर्मचारी पुरस्कार   कास्कूनका ब्यवस्थापक अरुण तिवारीले प्राप्त गरेका छन।

संस्थाका अध्यक्ष दिपक पनेरुको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष निरञ्जन सेढाइले  संघको आर्थिक वर्ष २०७६/०७७ को  आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए  ।

उहाँले संघमा ७ सय सदस्य, २ करोड ४३ लाख ९४ हजार शेयर पूंजी, ७२ करोड ८७ लाख बचत, २ करोड २४ लाख कोष तथा ९४ करोड कूल कारोबार भएको जानकारी दिनुभयो ।

कार्यक्रममा स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतम, राट्रिय सहकारी बैंकका अध्यक्ष केबी उप्रेती, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कून)का अध्यक्ष परितोष पौड्याल, नेफ्स्कूनका बरिष्ठ उपाध्यक्ष चन्द्र ढकाल, जिल्ला सहकारी संघ काठमाडौंका अध्यक्ष ज्ञानबहादुर तामाङ, जिल्ला बचत तथा ऋण सहकारी संघ भक्तपुरका अध्यक्ष कृष्णगोविन्द लाखाजु, नेपाल सहकारी पत्रकार समाजका अध्यक्ष खिलानाथ दाहाललगायतले शुभकामना ब्यक्त गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।