चन्द्रागिरी १ दहचोकमा बागमती प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेलको पहलमा खाद्यान्न वितरण
कपन अनलाइन
काठमाडौं,असोज २०। चन्द्रागिरि नगरपालिका वडा नं १ दहचोकमा तेस्रो पटक राहत वितरण गरिएको छ ।प्रदेश सभा सदस्य केशव प्रसाद पोखरेल को बिशेष पहलमा चाईना फाउण्डेसन तथा राष्ट्रिय अपांङ्ग पुन:थापना समाज नेपालको सहयोगमा सोमबार चन्द्रागिरी नगरपालिका वडा नं १ दहचोक स्थित श्रीकृष्ण माविमा कक्षा १ देखि ५ सम्म अध्ययनरत १९५ जना विद्यार्थीका परिवारलाई राहत वितरण गरिएको होप्रतिपरिवार १ बोरा चामल, ५ केजी दाल ३ लिटर तेल लगायतको खाध्य सामग्री प्रदेश सभा सदस्य केशब पोखरेल वडा अध्यक्ष राजेन्द्र कुमार केसी ,बिध्यालय व्यवस्थापन समितिका अध्यक्ष शशि कुमार गिरि, लगायत बिध्यालयका प्रधानाध्यापक शिक्षक तथा सहयोगी संस्थाका प्रतिनिधि सहितको उपस्थितिमा खाध्य सामग्री वितरण गरिएको हो ।

विश्वभर महामारीका रूपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न नेपाल सरकारले जारी गरेको लकडाउन निषेधाज्ञा लगायतको कारण दैनिक ज्यालामजदुरी गरेर खाने वर्गहरुलाई परेको समस्यालाइ केहि भए पनि हल गर्नको लागि आफ्नो पहलमा पहलमा चाईना फाउण्डेसन तथा राष्ट्रिय अपांङ्ग पुन:थापना समाज नेपालको सहयोगमा गर्न पाउदा खुसि प्रदेश सभा सदस्य केशब प्रसाद पोखरेलले बताए ।सहयोगी दाताहरुलाई चन्द्रागिरी नगरपालिका वडा नं १ का वडा अध्यक्ष राजेन्द्र कुमार केसीलेल धन्यबाद ब्यक्त गरेका थिए ।
