मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष याैन दुर्व्यवहारको आरोपमा पक्राउ

मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ३ का अध्यक्ष याैन दुर्व्यवहारको आरोपमा पक्राउ

कपन अनलाइन

ओखलढुंगा ,असो २०।

मानेभञ्ज्याङ गाउँपालिका वडा नं. ३ का वडा अध्यक्ष मेडल राईलाई याैन दुर्व्यवहारको आरोप लागेकाे छ ।  वडा अध्यक्ष विरुद्ध उजुरी आएपछि उनी पक्राउ सोमबारै पक्राउ परेको प्रहरीले जनाएको छ ।

एक महिलामाथि यौन दुव्र्यवहार गरेको उजुरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएस्पी रुपेश खड्काले बताए । उनले भने, ‘हामीले नियन्त्रणमा लिएका छौं, आषय करणीको जाहेरी आएकाले अनुसन्धानको क्रममा छ ।’ अध्यक्ष राईले चार दिन पहिले मादक पदार्थ सेवन गरेर घरैमा गई यौन दुव्र्यवहार गरेको पीडित महिलाको आरोप छ ।

स्थानीयका अनुसार वडा अध्यक्षको घर ढलानको दिन खानपान निकै अबेरसम्म भएको र मादक पदार्थले लठ्ठ भएका अध्यक्ष बेसुरमा आफ्नो घरजाँदा महिलाको घर पुगेका थिए तर कुनै दुर्व्यवहार गरेका थिएनन् ।

पीडित पक्षले भने राती महिला सुतेकै ठाउँमा गएर करणी प्रयास गरेको आरोप लगाएको छ । घटना अनुसन्धानमै रहेकाले थप पछि खुल्ने प्रहरीको भनाइ छ ।

तपाइँको प्रतिक्रिया ।