कोरोना पराजित गरेर पुन कलाकारिता संगै सामाजिक कार्यमा सक्रिय हुनेछु : कलाकार श्रीकृष्ण सिंखडा

कोरोना पराजित गरेर पुन कलाकारिता संगै सामाजिक कार्यमा सक्रिय हुनेछु : कलाकार श्रीकृष्ण सिंखडा

कपन अनलाइन

काठमाडौं,असोज २०। हास्य कलाकार तथा सामाजिक अभियन्ता श्रीकृष्ण सिम्खडालाइ कोरोना संक्रमण पुष्टि भएको छ। कोरोना संक्रमणको फैलिरहेको अवस्थामा समेत अग्रमोर्चामा रहेर  मास्क वितरण लगायतको काममा  सक्रिय रहेका उनलाइ आइतबार संक्रमण पुष्टि भएको हो ।केहि समय अघि मोटरसाइकल दुर्घटनामा समेत परेका उनि स्वास्थ्य लाभ गरिरहेका बखत कोरोना संक्रमण पुष्टि भएको हो ।

चाडै नै कोरोना पराजित गरेर पुन कलाकारिता संगै  सामाजिक कार्यमा  सक्रिय हुने उनले बताएका छन। सामाजिक काममा सक्रिय रहेका सिंखडा संक्रमण देखिए संगै  अहिले होम  आइसोलेसनमा  बसेका छन। सामान्य खोकी बाहेक कुनै  किसिमको लक्षण नरहेको र स्वास्थ्य अवस्था ठिक रहेको बताउदै  सिम्खडाले   कोरोनालाई पराजित गर्न सक्ने आत्म बिश्वास आफु संग रहेको बताएका छन ।

कपन अनलाइन संग कुरा गर्दै उनले  “अहिले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको,  सामान्य खोकी बाहेक कुनै लक्षण नदेखिएको भन्दै सामाजिक काममा जुट्दा कतिबेला संक्रमित भएछु थाहा नै भएन”, उनले भने। निषेधाज्ञा खुल्यो भनेर हेलचेक्र्याइँ नगर्न, बिना काम भिड भाडमा नजान ,जानै परे पनि स्वास्थ्य सुरक्षा सावधानी अपनाउन अनुरोध गर्दै घरबाहिर निस्कँदा अनिबार्य रुपमा सहि तरिकाले मास्क लगाउन  र सम्भव भएसम्म २ मिटरको दुरी कायम गरि बिशेष सतर्कता अपनाउन पनि  उनले अनुरोध गरेका छन्।

उनले यो संक्रमण हेलचेग्राइ गर्ने बिषय नभएको भन्दै सबैलाई अत्यन्तै साबधानी पुर्बक सुरक्षित रहन अपिल गरेका छन । कोरोना प्रकोपको जोखिम निकै बढेको अवस्थामा सचेतना र सजगता आवस्यक रहेको भन्दै कलाकार सिम्खडाले स्वास्थ्य सुरक्षा मापदण्ड पालना गर्न सबैलाई अनुरोध गरेका छन।उनले   बिभिन्न माध्यम बाट आफुलाई  स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यबाद दिएका छन् ।

 

तपाइँको प्रतिक्रिया ।