स्थानीय तहले अनुगमनमा लापरवाही गरेपछि जिप्रका ओखलढुंगाले परिपत्र जारी गर्यो
कपन अनलाइन
ओखलढुंगा ,असोज १९।
जिल्ला प्रशासन कार्यालय ओखलढुंगाले ८ वटै स्थानीय तहलाई स्थानीय बजार अनुगमन समिति बनाएर अनुगमन गर्न परिपत्र गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले स्थानीय सरकार सञ्चालन ऐन अनुसार स्थानीय बजार बनुगमन समिति बनाएर अनुगमन गर्न र उपभोक्त ठगिएका गुनासाहरुलाई सम्बोधन गर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालयमा बजार अनुगमन नभएको, मनपरि मुल्य लिएर उपभोक्ता ठगिएको र म्याद गुज्रिएका वस्तु बेचबिखन भइरहेको गुनासो बढेकाले नियमन गर्न आग्रह गर्दै सो परिपत्रमा तत्काल सो कार्य गर्न भनिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ मा स्थानीय तहले उपभोक्ताको अधिकार संरक्षणका लागि वस्तु तथा सेवाको आपूर्ति, मूल्य, गुणस्तर तथा वस्तुको शुद्धता सम्बन्धी बजारको सुपरिवेक्षण तथा अनुगमनका लागि समिति गठन गरेर गर्नु पर्ने व्यवस्था छ ।