जहाँ जीवन छ त्यहाँ आशा छ
कपन अनलाइन
काठमाडौं ,असोज १८
दुईजना मानिसहरु कम गहिराइ भएको ठाउँबाट विस्तारै एउटा नदी पार गर्दै थिए । त्यो कठ्याङ्ग्रिने चिसो र निर्जन भूमिमा दुईजना मात्र थिए। आफ्नो वरीपरी उनीहरुले देख्न सक्ने वस्तुहरु भनेको केवल ढुङ्गाको पहाड र माटो थियो । त्यो नदी एउटा ठूलो झरनाबाट उत्पन्न भएको थियो, त्यसैले त्यहाँको पानी यति चिसो थियो कि उनीहरुका दुईवटै खुट्टा कठ्याङ्ग्रीए । उनीहरुले कम्बल बोकेका थिए । उनीहरुसँग दुईवटा बन्दुक त थिए तर गोली थिएन । आगो बाल्नका लागि सलाई थियो तर पकाएर खानेकुरा थिएन ।
‘म चाहान्छु कि यति वेला मसँग हामीले शिविरमा लुकाएर राखेका मध्येबाट मात्र दुईवटा गोली होस’, पहिलो मानिसले भन्यो । उसको आवाजमा एक किसिमको थकान थियो । अर्काे मानिसले एक शब्द पनि बोलेनन ।
पहिलो मानिस हिड्दाहिड्दै एउटा ढुङ्गामा ठोकिएर भूइमा लड्यो । उसको खुट्टामा नराम्रोसँग चोट लाग्यो । ऊ पीडाले चिच्यायो । उ एकछिन नचलीकन भूइमा लडिरह्यो र त्यसपछि उसको साथीलाई बोलायो, ‘हे ! बील मेरो खुट्टामा चोट लागेको छ । ’ तर बील न त रोकियो या त उसले पछाडी नै फर्केर हेर्यो । ऊ चुपचाप नदी पार गरेर पहाडको उकालो बाटो लाग्यो । पहिलो मानिस उसलाई ट्वाल्ल परेपर हेरेको हे¥यै भयो ।
उसका आँखाहरु एउटा बिरामी जनावरका जस्ता देखिन्थे । ऊ जुरुक्क उट्यो । ‘‘बी……….ल ।” ऊ फेरि चिच्यायो । तर उसले कुनै जवाफ सुनेन । बीलले आफ्नो गन्तव्यमा हिडाई जारी राख्यो ।
अब भने पहिलो मानिस त्यो अनावाद भूमिमा विल्कुलै एक्लो थियो । उसका हातहरु चिसोले कठ्याङ्ग्रीएका थिए । उसको बन्दूक नदीमा खस्यो । ऊ आफु भित्रको डरसँग लड्यो र नदीबाट आफ्नो बन्दुक उठायो । ऊ बिस्तारै बीलको पछिपछि लाग्न थाल्यो । ऊ आफ्नो चोट लागेको खुट्टा खुम्च्याउँदै हिड्न थाल्यो ।
ऊ यात्रामा एक्लो थियो तर हराएको थिएन । उसलाई आफ्नो शिविरको बाटो राम्रोसँग थाहा थियो । जहाँ उसले खाना, गोली, कम्बल र अन्य आवश्यक चिजहरु प्राप्त गर्न सक्थ्यो । उसलाई ती सामानहरु ज्तिसक्दो छिटो प्राप्त गर्नुपरेको थियो । सम्भवत बील पनि उसलाई त्यही पर्खिरहेको हुनेछ । त्यसपछि उनीहरु दुवैजना दक्षिणतिर पर्ने हडसन वे कम्पनीमा जानेछन् ।
उनीहरुले त्यहाँ स्वादिष्ट खाना र न्यानो आगो प्राप्त गर्नेछन् । मानौ उनीहरु आफ्नै घरमा पुग्नेछन् । उसले यतिवेला विश्वास गर्नुपरेको थियो कि बीलले उसलाई उनीहरुको शिविरमा पर्खिरहेको हुनेछ, होइन भने उसले मर्नुपर्नेछ । उसले शिविरमा रहेको खाना सम्झ्यो र हिड्न थाल्यो । केहिक्षणमा उसले खानको निम्ति केही स–साना दाना भएको जंगली फलहरु फेला पार्यो । ती फलहरु स्वाद विहिन थिए । यसले उसको भोक मेटेन । तर पनि ऊ ती फल खान् बाध्य थियो । साँझ परेपछि फेरि उसको खुट्टा एउटा ढुङ्गामा ठोकियो । ऊ डंग्रङ लड्यो ।
लामो समयसम्म हलचल नगरीकन बसिरह्यो । त्यसपछि उसलाई केहरु आराम महशुस भयो र उठ्यो । उसले आगो बाल्यो । उसले यतिबेला खानको निम्ति केबल पानीमात्र पाउन सक्यो । तर उसले केही न्यानो महसुस गर्याे । उसले पानीले ढाडिएका चिसो जुत्ता आगोको छेउमा राखेर सेकायो । जुत्तामा अनगिन्ती प्वालहरु परेका थिए । उसको दुवै खुट्टाहरु पनि रगताम्य भएका थिए । उसको ढुंगामा ठोकिएर भएको खुट्टाको घाउँहरु त झनै दुखीरहेको थियो । उसले त्यो घाइते खुट्टालाई कम्बलको एक टुक्राले बेर्यो ।त्यसपछि ऊ एउटा मृत मानव झैँ सुत्यो ।
भोलिपल्ट ऊ विहानै व्युझियो किनकी उसले नजिकै कुनै एउटा जनावरको आवाज सुन्यो । उसले मासुको बारेमा सोच्यो र आफ्नो बन्दुक उठायो तर बन्दुकमा गोली नै थिएन । त्यो जनावर भाग्यो । ऊ जुरुक्क उठ्यो र चिच्यायो । त्यो बिहान उसको घाइते खुट्टा झन दुखीरहेको थियो । उसले आफ्नो कम्बल भित्रबाट सानो थैली निकाल्यो । त्यो थैली निकै ग¥हुगो थियो – पन्ध्र पाउन्डको । उसलाई त्यो थैली बोक्न सकिएला जस्तो लागेन । तर उसले कतै त्यसै छोड्न पनि सक्दैनथ्यो ।
उसले त्यसलाई आफु सँगै लग्नको लागि ऊ आफु पर्याप्त मात्रामा शक्तिशाली हुनु आवश्यक थियो । उसले त्यो थैलीलाई पुनः कम्बलभित्रै पोको पार्यो ।
त्यसदिन ऊ भोकले, पीडाले यति धेरै छटपटाए कि त्यसको दाँजोमा उसले खुट्टामा लागेको चोको पीडा नगन्य थियो । उसले धेरै पटक भुईमा नचलीकन सुतिरहन चाहन्थ्यो । तर पेट भित्रको आगोको कारण ऊ सकि नसकि हिडिरहन बाध्य भयो । उसले आफु वरिपरि केहि चराहरु देख्यो । एकपटक उसले एउटा चरालाई पक्रेर आफ्नो भोक मेटाउन कोसिस गर्यो । तर चरा ऊ नजिक पुग्न नपाउँदै भुर्र उडिहाल्यो । उसले आफुलाई ज्यादै थकित र विरामी महसुस गर्यो ।
उसले शिविरतिरको बातो पनि याद गरेन । जता मन लाग्यो त्यतै हिड्न थाल्यो । अपरान्हतिर उसले केही हरियो धाँसपात फेला पार्यो । उसले त्यो घाँस घोडाले खाएसरी करयामकुरुम चपाएर निल्यो । केही क्षणमा उसले नदीमा एउटा सानो माछा पौडिरहेको देख्यो । उसले त्यसलाई आफुसँग भएको कपडाको सहायताले पक्रन खोज्यो तर बाठो माछो तुरुन्तै भागेर विलाइहाल्यो । अब त्यो मानिस अवोध बालक झैँ क्वारक्वारती रोयो । शुरुमा मधुरो अनि त्यसपछि ठूलो आवाज निकालेर । ऊ त्यो निर्जन अनावाद दुनियाँमा एक्लै रोइरह्यो ।
रात परेपछि उसले फेरि आगो बाल्यो । र तातो पानीले पेट भर्यो । उसको एकमात्र कम्बल पनि पानीले भिजेर चिसो भइसकेको थियो भने यतिबेला पानी ले भिजेर चिसो भइसकेको थियो भने खुट्टाको घाउँ झनै दुखिरहेको थियो । ऊ जाडो अनि विसञ्चोको कारण धेरै बेर निदाउन सकेन । बिहान सखारै उठेर ऊ हिँड्यो तर कतातिर ? ऊ अज्ञान थियो । केही क्षणपछि घाम उडायो अनि बल्ल थाहा भयो कि उसले बाटो भुलेको रहेछ । ऊ हराएको रहेछ । के त्यसोभए ऊ सुदुर उत्तर पो पुग्यो त ? ऊ अब फनक्क फर्केर पूर्वतिर मोडियो । यतिबेला उसलाई भोकले त्यति आकुल व्याकुल बनाएको त थिएन तर ऊ उर्जाहिन, थकित र बिरामी थियो ।
यद्यपिः ऊ वारम्वार विश्राम लिादै भएपनि अगाडि बढ्यो । उसले केहि ब्वाँसाहरुको आवाज सुन्यो र थाहा पायो कि उसको नजिक केही हरिणहरु छन् । उसले महशुस गर्यो कि उसको बन्दुकमा पनि कमसेकम एउटा गोली त पक्कै छ तर त्यो विल्कुलै खाली थियो । त्यो सानो थैली निक्कै भारी हुन थाल्यो । उसले त्यो थैली खोल्यो, थैली भरु सुनका स–साना टुक्राहरु थिए । उसले झण्डै आधाजति सुन आफ्नो कम्बलको एउटा टुक्रामा पोको पारेर र एउटा ठूलो ढुङ्गामाथि छोड्यो । बाँकी आधा सुन र बन्दुक बोकेर ऊ अगाडि बढ्यो । उसले अझै त्यो भारी बन्दुक बोक्नुको एक मात्र कारण शिविरमा लुकाएर छोडिएका गोलीहरु थिए ।
ीदनहरु वित्दै गए । एकदिन ऊ एउटा हरिणको अस्थिपञ्जरनिर पुग्यो । त्यहाँ कतिपनि मासु बाँकी थिएनन् । उसले चाल पायो कि नजिकै ब्वाँसाहरु छन् । उसले एउटा हाड भाँच्यो र जनावरले भैm खुब चपाएर खायो के ऊ पनि भोलि त्यही कंकाल जस्तै हुनेछ ? किन नहुनु त ? आखिर यहि त जीवनको चक्र हो । उसले सोच्यो पिडा भएर पनि ऊ मर्नको निम्ति कित तयार थिएन त ? उसले केही पनि बुझ्न र महशुस गर्न सकेन । शायद उसलाई यतिबेला भोकले त्यति सताएको पनि थिएन । यद्यपि ऊ हिडिरह्यो, निरन्तर हिडिरह्यो ।
एका बिहानै उसले आपूmलाई एउटा नदीको छेऊमा पायो । धामको प्रथम किरण उसको मुखमा प¥यो । आहा ! कस्तो घमाइलो दिन उसले मनमनै भन्यो । धेरैदिन पछि पहिलो पल्ट ऊ अलिकति रमायो । मनमा आशाका किरणहरु देखा परेकी सायद बव उसले शिविरतिरको बाटो पनि भेटाउने छैन उसले नदी बगेको दिशातिर हे¥यो । उसले निक्कै परसम्म देख्न सक्थ्यो । नदी एउटा समुन्द्रमा गएर विलिन भएको उसले थाहा पायो । उसले त्यो सेतो चाँदीजस्तो टल्किरहेको समुन्द्रमा एउटा जहाँज पनि देख्यो । उसले आँखा चिम्म पारेर सोच्यो – सपना पो देखिएको हो की ? उसले भन्यो – त्यो ठाउँमा जहाज अनि त्यो विशाल समुन्द्र ….. । अहँ यो सम्भव छैन । त्यही बेला उसले एउटा आवाज सुन्यो अनि पछाडी फक्र्याे । एउटा बुढो र विरामी ब्वाँसोले उसलाई पछ्याईरहेको थियो । मलाई थाहा छ यो चाहिँ वास्तविक हो – उसले सोच्यो ।
ऊ फेरि पहिलेकै दृश्यतिर फर्कियो । त्यो जहाज र समुन्द्र पनि अझै त्यही थियो मतलब पहिलो दृश्य पनि एउटा सपना नभएर वास्तविक नै रहेछ । उसले केही पनि बुझ्न सकेन । उसले निकै सम्झन कोशिस गर्यो । हडसन वे कम्पनीका मानिसहरुले यो भूमिलाई के नाऊँ पो दिएका थिए खोइ कुन्नी ? के उसो भए ऊ शिविरतिर जानुको सत्ता उत्तर तर्फको समुन्द्रतिर पो जाँदै थियो त ? अब ऊ विस्तारै त्यो जहाज भएतिर लाग्यो । उसलाई थाहा थियो कि आफुलाई त्यो बुढो ब्वाँसोले पछ्याइरहेको छ । अपरान्हतिर उसले ब्वाँसोले छोडेको अस्थिपञ्जर देख्यो, त्यो मानव अस्थिपञ्जर थियो । नजिकै सुनका टुक्राहरु भरिएको उउटा सानो थैली पनि थियो । हो यसको मतलव उसको साथी बीलले पनि सुनको थैली जीवनको अन्तिम घडीसम्मै बोकेको रहेछ । अब सले बीलको सुन पनि आफुसँगै जहाजमा लिएर जाने विचार गर्यो । जेहोस उनीहरुको जीवन मरणको यात्रामा आखिर उसले बीललाई उछिनेर छोड्यो । ऊ विजयको हाँसो हास्न थाले । उसको हाँसो एउटा जनावरको मसिनो आवाजमा कराएको जस्तो सुनियो । तसर्थ उसको हाँसोको प्रत्युत्तरमा त्यो बूढो ब्वाँसो करायो ।
अनि उसले हाँसो बन्द ग¥यो । हुन पनि हो, ऊ बीलको अस्थिपञ्जर प्रति कसरी हाँस्न सक्थ्यो त ? उसको नैतिकताले उसलाई बीलको सुन बोकेर लान पनि दिएनन् । उसले त्यो सुनको थैली त्यही अस्थिपञ्जरनेर नै त्यसै छाडेर हिड्यो । त्यो मान्छे निक्कै बिरामी भयो । तसर्थ ऊ विस्तारै हिड्न थाल्यो । अनि क्रमशः उसले आफ्नो सुनको थैली हरायो त्यसपछि उसको बन्दुक पनि कतै छोडियो अनि उसको चक्कु कहीकतै खस्यो । केवल त्यो बूढो ब्वाँसोले मात्र उसलाई घण्टौंसम्म पछ्याइरह्यो ।
अन्त्यमा ऊ यति थकित भयो कि अब ऊ कति पनि हिड्नै नसक्ने भयो ऊ त्यही घुप्लुक्क सुत्यो । त्यो बूढो ब्वाँसो ऊ तिर आयो र उसको हातमा हल्का किसिमले टोक्यो । त्यस मानिसले ब्वाँसोले हिर्कायो । हिर्काएपछि त्यो ब्वाँसो केही पर गयो तर धेरै टाढा गएन मौका पर्खेर बसिरह्यो । त्यो मान्छे पनि बसिरह्यो । घण्टौपछि त्यो ब्वाँसो पूनः आक्रमणको तयारीका साथ फक्र्यो । यतिबेला उसले मानिसलाई जसरी पनि मार्ने सोचिरहेको थियो ।
मानिसपनि प्रत्याक्रमणको निम्ति तम्तयार थियो । तसर्थ जब ब्वाँसो मान्छेमाथि जाइलाग्यो तब उसले पनि ब्वाँसोको मुखलाई च्याप्प पक्रियो र ब्वाँसोमाथि चढ्यो । उसले ब्वाँसोलाई कति पनि हलचल गर्न नदिई अठ्याएको अठ्यायै ग¥यो । त्यसपछि उसले ब्वाँकोको रगतको तात्तातो स्वाद लियो । केबल आफ्नो जीवनको मायाले उसलाई पर्याप्त मात्रामा शक्ति दिएको थियो ।
उसले त्यो बिरामी बूढो ब्वाँसोलाई टोकेरै मारिदियो । उसले एउटा विनय र शान्तिको लामो सास फेर्यो । त्यसपछि ऊ उत्तानो परेर सुत्यो, सुतिरह्यो । समुन्द्रमा तैरिरहेको जहाजबाट मानिसहरुले पर जमिनमा लडिरहेको एउटा अनौठो वस्तु देखे । शुरुमा त्यो चल्दै चलेन केही समयपछि त्यो विस्तारै उनीहरुतिर लम्क्यो, यति सुस्तरी कि शायद त्यो एक घण्टामा बीस पाइलाको गतिमा हिडिरहेको थियो । ती व्हेल अन्वेशन गर्न आएका वैज्ञानिकहरुको टोलीले ती मानिस वस्तुलाई नजिक गएर हेर्न गए । उनीहरुले विश्वासै गर्न सकेनन कि त्यो त एउटा मानव पो रहेछ ।
तीन हप्तापछि त्यो मानिस दिनप्रतिदिन आपूm केहि स्वस्थ भएको महसुस ग¥यो । उसले अब ती जहाजका मानिसहरुलाई आफ्नो कठिन यात्रा कथा सुनाउन सक्थ्यो । तर त्यहाँ एउटा अनौठो कुरा थियो । उसले विश्वास नै गर्न सकेन कि जहाजमा पर्याप्त मात्रामा खानेकुरा छ । जहाजका मानिसहरुले उसलाई यहाँ धेरै खानेकुरा छ भने । यो कुरा सुन्नासाथ उसले उनीहरुलाई भयभीत नजरले टुलुटुलु हेरिरह्यो ।
अलि विस्तारै ऊ दिन प्रतिदिन मोटाउदै गयो । जहाजका मानिसहरुका निम्ति यो अनौठो कुरा थियो । उनीहरुले उसलाई थोरै मात्र खान दिन्थे, तर पनि ऊ हरेक दिन अस्वभाविक रुपमा मोटाउदै गइरहेको थियो । अनि एक दिन उनीहरुले देखे कि ऊ आफ्नो कमिजभित्र धमाधम रोटी लुकाउदै थियो । उनीहरुले उसको ओछ्यानमा गएर हेरे त्यहाँ नि कम्बल भित्र थुप्रै रोटी लुकाएर राखिएको थियो । उनीहरुले उसको भावनालाई राम्ररी बुझेका थिए । उसको आफ्नो जीवनप्रतिको मायालाई बुझेका थिए । त्यसैले उसलाई केही पनि गरेनन, केही पनि भनेनन् ।
(प्रसिद्ध लेखक ज्याक लन्डनको कृति बाट अनुवाद )