ईन्टरनेशनल जोसेफ पव्लिक स्कुल अन्तर्राष्ट्रिय स्कुल लिडरशिप अवार्डबाट सम्मानित

ईन्टरनेशनल जोसेफ पव्लिक स्कुल अन्तर्राष्ट्रिय स्कुल लिडरशिप अवार्डबाट सम्मानित

कपन अनलाइन
काठमाडौं, कात्तिक ८ ।

काठमाण्डौ महानगरपालिका वडा न ६, शान्तिनगरमा रहेको ईन्टरनेशनल जोसेफ पब्लिक स्कुलले  शैक्षिक, अतिरिक्त क्रियाकलापका साथै शिक्षाको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै अन्तराष्ट्रीय स्कुल लिडरसिप अवार्ड अस्ट्रेलिया २०२४ बाट सम्मानित भएको छ ।

नेपालको शिक्षा क्षेत्रमा गरेको योगदानको उच्च मुल्यांकन गर्दै कलेज रिडर नामक संस्थाले ईन्टरनेशनल जोसेफ पब्लिक स्कुललाई स्कुल लिडरशिप अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित गरेको हो ।

अस्ट्रेलियाको राजधानी क्यान्बेराको अस्ट्रेलियन नेशनल युनिभर्सीटिमा आयोजित एक समारोहमा नेपालका लागि अस्ट्रेलियन राजदुताबासका प्रतिनिधि,अस्ट्रेलियन नेशनल युनिभर्सिटिका प्रतिनिधि,एन आरएन अस्ट्रेलियाका प्रतिनिधि, मधेश बिस्वबिध्यालयका भिसि,हिसानका उपाध्यक्ष लगायतका शिक्षाबिदहरु सहित कलेज रीडरका संरक्षक र प्रबन्धक जितेन्द्र घिमिरेले एक कार्यक्रमका बीच उक्त अवार्ड प्रदान गरेका हुन ।

अन्तर्राष्ट्रिय अवार्ड पाएपछि अस्ट्रेलियाबाट प्रतिक्रिया दिदै ईन्टरनेशनल जोसेफ पव्लिक स्कुलका प्राचार्य होम बहादुर (मनोज)अधिकारी भने, शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै स्कुल लिडरशिप अन्तर्राष्ट्रिय अवार्ड पाउंँदा निकै उत्साहित भएको र थप जिम्मेवारी र दायित्व पनि महसुस गरेको बताएका छन  ।

यस्तो किसिमको अर्वाड शिक्षा क्षेत्रमा अग्रस्थानमा रहेर राष्ट्रिय तथा अन्तर्राष्ट्रिय काम क्षेत्रमा काम गर्ने बिध्यालय, उच्च शिक्षालयहरु मध्येबाट उत्कृष्ट बिध्यालय र कलेजलाई प्रदान गरिदै आएको कलेज रिडरले जनाएको छ । शिक्षाको गुणस्तर, स्कुलको भौतिक पूर्वाधार, कार्यदक्षता र सामाजिक कार्यको मुल्यांकन गर्दै जोसेफ कलेजलाई उक्त अवार्डबाट सम्मानित गरिएको संस्थाले जनाएको छ ।

जोसेफ कलेजले आगामी दिनमा जापनमा रहेका युनिभर्सिटी र बिध्यालयहरुसंग शैक्षिक, प्राबिधिक,सास्कृतिक, अतिरिक्त क्रियाकलाप र भाषाको सहयोग आदानप्रदान गर्न समझदारी पत्रमा जापनका लागि नेपाली महामहिम राजदुत डाक्टर दुर्गा बहादुर सुनेदी, बिध्यालय ब्यबस्थापनको उपस्थितिमा एभरेस्ट ईन्टरनेशन स्कुल जापानको तर्फबाट प्राचार्य बिष्णु भट्ट र जोसेफ कलेजको तर्फबाट कलेजका सहायक प्राचार्य होम बहादुर अधिकारीले समझदारी पत्रमा हस्ताक्षर गरेका छन  ।

यस सम्झौता संगै जोसेफ एडुकेसनल नेटवर्कको सात वटा राष्ट्रहरु संग  अन्तर्राष्ट्रिय शैक्षिक तथा सास्कृतिक सम्बन्ध बिस्तार भएको जोसेफ कलेजका प्राचार्य होम बहादुर ( मनोज) अधिकारीले बताए  ।

तपाइँको प्रतिक्रिया ।