बागमती प्रदेस सभा सदस्य नारायण सिलवाललाई कोरोना संक्रमण

बागमती प्रदेस सभा सदस्य नारायण सिलवाललाई कोरोना संक्रमण
कपन अनलाइन
काठमाडौं ,असोज १८
बागमती प्रदेस सभा सदस्य नारायण सिलवाललाई कोरोना संक्रमण देखिएको छ।
असाेज १३ गते रातिदेखि शरीरमा केही असहजता सृजना भएर १४ गतेदेखि ज्वाेराे देखा परे पछी घरमै बसेका सिलवाललाई असोज १६ गते गरेको PCR परिक्षणमा रिपोर्ट पोजिटिभ आएको हो।
होम आइसोलेसन बसेका सिलवालले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको बताउदै कोरोना पराजित गरेर कार्य क्षेत्रमा फर्कने विस्वास व्यक्त गरेका छन।
अहिले आफुमा कुनै लक्षण नरहेको जानकारी दिदै प्रदेस सभा सदस्य सिलवालले यो बीचमा मेरो सम्पर्कमा आएका व्यक्तिहरुलाई सुरक्षा मापदण्ड अनुसार सचेत रहन आग्रह गर्दै चाडै  जनताको सेवामा फर्किने बताएका छन ।
तपाइँको प्रतिक्रिया ।