नेपालमा ५ सय मेगावाटको विद्युत आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

नेपालमा ५ सय मेगावाटको विद्युत आयोजना बनाउने अष्ट्रेलियन कम्पनीको प्रस्ताव

कपन अनलाइन

काठमाण्डौं, असोज १७।

 

अष्ट्रेलियाको एक कम्पनीले नेपालमा ५ सय मेगावाट भन्दा ठूलो जल विद्युतआयोजना निर्माण गर्ने इच्छा देखाएको छ।
त्यहाँको फोर्टेस्क्यू मेटल ग्रुप लिमिटेडले नेपालमाकम्तीमा ५ सय मेगावाट क्षमताको विद्युत उत्पादन गरी खपतसमेत आफैं गर्ने प्रस्ताव ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्रालय समक्ष पेस गरेको हो ।

त्यसबारे ऊर्जा मन्त्रालय र उक्त कम्पनीका प्रतिनिधि बीच जुममा भर्चुअल बैठक समेत भएको छ । कार्यकाल सकाएर स्वदेश फर्कनुअघि नेपालका लागि अष्ट्रेलियन राजदूत पिटर बडले शुक्रबार मन्त्रालयमा गरेको बिदाई भेटका क्रममा ऊर्जा, जलश्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुन अनन्तले उक्त प्रस्तावलाई नेपाल सरकारले सकारात्मक रुपमा लिएको बताएका छन  ।

अष्ट्रेलियन कम्पनीले नेपालमा ठूलो लगानी ल्याउन खोजेकामा स्वागतगर्दै मन्त्री पुनले त्यसका लागि नेपाल सरकारका तर्फबाट सहजीकरण गरिने स्पष्ट गरेका थिए  । कम्पनीका अध्यक्ष एन्ड्रीउ फरेस्ट नेतृत्वको २३ सदस्यीय टोलीआगामी अक्टुबर १२ मा नेपाल आउन लागेको जानकारी प्राप्त भएको भन्दै मन्त्री पुनले टोली सँगको भेटमा आयोजना विकासका सम्बन्धमा नीतिगत, कानूनी र प्रक्रियागत तथा सम्भावित आयोजनाका विषयमा कम्पनीलाई जानकारी दिइने उल्लेख गगरेका थिए ।

तीनदिने नेपाल बसाइका क्रममा टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपीशर्मा ओली, ऊर्जामन्त्रीपुन, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र उद्योग, बाणिज्य तथाआपूर्तिमन्त्री लेखराज भट्टसँग भेट्ने तालिका रहेको  छ । फोर्टेस्क्यू मेटल ग्रुप अष्ट्रेलियाको १० ठूला प्रसिद्ध कम्पनी मध्ये एक हो । ‘नेपालको जलविद्युतमा यति ठूलो लगानीआउने र उत्पादित बिजुलीको खपत पनि आफैं गर्ने कम्पनीको प्रस्ताव हामीलाई राम्रो लागेको छ’, मन्त्रीपुनले भने , ‘उहाँहरु आउनुभएपछि हामी विभिन्न आयोजनाबारे अवगत गराउँछौं र उपयुक्त आयोजना निर्माणका लागि आवश्यक कानूनी, नीतिगत र प्रक्रियागत विषयमा सम्झौता गर्छौं ।’ मन्त्रीपुनले अष्ट्रेलिया नेपालको असल र महत्वपूर्ण मित्र  भएको चर्चा गर्दै नेपालको समग्र विकास तथा जलविद्युत क्षेत्रको विकासमा पुर्याउदै  आएको सहयोगका लागि आभार प्रकट गर्दै आगामी दिनमा समेत सहयोग जारी रहने विश्वास व्यक्त गरेका हुन्  ।
अष्ट्रेलियाले नेपालमा पछिल्लो पटक एकीकृत नदी बेसिन व्यवस्थापन र फुकोट कर्णाली जलविद्युत आयोजना विकासका लागि प्राविधिक सहायता उपलब्ध गराएकामा उनले प्रशंसा गर्नुभयो । मन्त्रीपुनले राजदूत बडको कार्यकाल कुशलतापूर्वक सम्पन्न भएकामा बधाई दिँदै आगामी दिनमा सम्हाल्ने जिम्मेवारी सफलताको कामना गरेका थिए  ।
यस्तै राजदूत बडले आफ्नो नेपालबसाई सफल र स्मरणयोग्य रहेको भन्दै नेपालको सरकार, राजनीतिक नेतृत्व र जनताबाट राम्रो माया र सहयोग पाएको उल्लेख गर्दै  अष्ट्रेलिया सरकारले नेपालको विकासमागर्दै आएको सहयोगलाई आगामीदिनमा समेत निरन्तरतादिने स्पष्ट गर्दै अष्ट्रेलियाको निजी क्षेत्रलाई जलविद्युत सहित नेपालको विविध क्षेत्रमा लगानी गर्न आह्वान गर्ने बताएका थिए  ।

तपाइँको प्रतिक्रिया ।