ग्लोबल फोरम नेपाल समन्वय समितिको अध्यक्षमा संगम गहतराज

ग्लोबल फोरम नेपाल समन्वय समितिको अध्यक्षमा संगम गहतराज

कपन अनलाइन

काठमाडौं ,असोज १५

जातिभेदविरुद्ध विश्व मञ्च (ग्लोबल फोरम) नेपाल समन्वय समितिको प्रथम साधारण सभा बुधबार सम्पन्न भएको छ । साधारणसभाले संगम गहतराजको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमित चयन गरेको छ ।

कार्यसमितिको उपाध्यक्षमा एकराज लकान्द्री र गौरा नेपाली रहनु भएको छ भने सचिवमा युवराज दर्नाल, सह–सचिवमा गोपाल बराइली र कोषाध्यक्षमा कमला रसाइली रहनु भएको छ । सदस्यहरुमा जय कालीराज, दुर्गा परियार, चन्द्र विश्वकर्मा, रबी सेञ्चुरी, विजय घिमिरे (विश्वकर्मा)र गोविन्द विश्वकर्मा चयन भएका छन।

साधारणसभाको उद्घाटनका क्रममा ग्लोबल फोरमका केन्द्रीय अध्यक्ष तीर्थ बर्माले विश्वर छरिएर रहेको दलित समुदायलाई एकै ठाउँमा ल्याई दलितहरुको  साझा मुद्धामा एकसाथ आवाज उठाउने उद्देश्यले ग्लोबल फोरमको स्थापना गरिएको बताएका थिए ।

सो साधारण सभामा सचिव हस्त सुनारले संस्थाको सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने  भने कोषाध्यक्ष कमला रसाईलीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन्  ।

तपाइँको प्रतिक्रिया ।