तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ५१० पुग्यो
कपन अनलाइन
काठमाडौं ,असोज १४ /मेनुका कार्की
तारकेश्वर नगरपालिकामा कोरोना संक्रमितको संख्या ५१० पुगेको छ । तारकेश्वर नगर स्वास्थ्य शाखाका अनुसार २२१ महिला र २८९ पुरुष संक्ररमित हेका छन् । निको हुनेहरुको संख्या १२६ महिला र १५१ पुरुष गरी २७७ जना रहेको छ बहने अहिलेसम्म २ जनाको मृत्यु भएको छ । त्यस्तै तारकेश्वर १ मा कोरोना संक्रमितको संख्या १३ जना पुगेको छ निको हुनेको संख्या ८ जना, वडा नं. २ मा २१ जना ११ जना निको भइसकेका छन् । वडा नं. ३ मा १० जना जसमा ७ जना निको भएका छन् । वडा नं. ४ मा ४६ जना जसमा २४ जना निको भएका छन् । त्यस्तै वडा नंं. ५ मा ४९ जना जसमा २७ जना निको भएका छन् ।
वडा नं. ६ मा ३४ जनामा कोारेना संक्रमण देखिएको छ भने १८ जनाको निको भएको छ । वडा नं. ७ मा आज १९ जनामा कोरोना संक्रमण देखिएको छ जसमा ८ जना निको भएका छन् ।
वडा नं. ८ मा ५७ जना २७ जना निको भएका छन् भने १ जना पुरुषको मृत्यु भएको छ । वडा नं. ९ मा ८२ जना र निको हुनेको संख्या ३३ पुगेको छ । वडा नं. १० मा १०४ जना जसमा ७० जना निको भएका छन् । वडा नं. ११ मा ७५ जना ४४ जना निको भएका छन् भने १ जनाको मृत्यु भएको छ । तारकेश्वर नगरपालिकामा पछिल्लो २४ घण्टामा ७ महिला र ८ पुरुषमा कोरोना पुष्टि भएको छ ।
तारकेश्वर नगरपालिकामा १८०१ जनाको आजसम्म पिसिआर परिक्षण भइसकेको छ । तारकेश्वर नगरपालिकामा २०५ जना होम आइसोलेसनमा बसेका छन् ।
अस्पतालको आइसोलेसनमा १४ जना रहेका छन् । कोभिड सेन्टरमा १० जना रहेका छन् । होटल आइसोलेसनमा २ जना र १ जना अन्य स्थानमा रहेका छन् । तारकेश्वरमा कन्ट्याक ट्रेसिङबाट २२१ जनामा पिसिआर पोजेटिभ देखिएको थियो ।
(मेनुका कार्की सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।