नेकपा बुढानिलकण्ठका स्वयंसेवकहरुलाई श्रम ,विकास र प्रकोप नियन्त्रणमा परिचालन गर्नेछौ : प्रदिप डंगोल
कपन अनलाइन
काठमाडौं ,असोज १४।
नेपाल कम्युनिस्ट पार्टी बुढानिलकण्ठका सचिव प्रदिप डंगोलले नेकपा बुढानिलकण्ठका स्वयंसेवकहरुलाई श्रम ,विकास र प्रकोप नियन्त्रणमा परिचालन गर्ने बताएका छन।
काठमाडौं क्षेत्र नं ५ (२ ) बाट निर्वाचित प्रदेस सभा सदस्य दिपक निरौलाको संयोजनमा भएको वडा नं ३,४,५,६,र ७ का स्वयंसेवकहरु संगको अन्तरक्रियामा बोल्दै सचिव डंगोलले वडा नं १,२,८,९,१०,११,१२ र १३ का स्वयंसेवकहरु संग चाडै अन्तरक्रिया गरेर थप कार्यक्रमको घोषणा गर्ने बताएका हुन।
काठमाडौं क्षेत्र नं ४ र ५ मा रहेका १३ वटै वडाका स्वयंसेवकहरुलाई योजना निर्माण गरेर परिचालन गर्ने बताउदै डंगोलले आगामी दिनमा संगठन ,श्रम र समाजसेवालाई केन्द्रमा राखेर गतिविधि संचालन गरिने धारणा राखेका हुन।
बुढानिलकण्ठ नगरपालिकाका १३ वटा वडा कमिटिहरुलाई पूर्णता दिने कार्य अन्तिम चरणमा रहेको जानकारी दिदै उनले जनता संग प्रत्यक्ष जोडिएर अभियान संचालन गर्ने तयारीमा लाग्नका लागि निर्देशन समेत दिएका छन।
स्थानीय सरकारलाई सहयोग , स्थानीय सम्पदाको संरक्षण , स्थानीय सम्पतिको सुरक्षा र जनतालाई आपतकालीन सेवा उपलव्ध गराउन सधै तयार अवस्थामा रहन स्वयंसेवकहरुलाई आग्रह गर्दै सचिव डंगोलले नगर कमिटीले चाडै अभियान घोषणा गर्ने जानकारी दिएका थिए।