बुढानिलकण्ठकी अनुपा कार्कीलाई किचेर भागेको गाडी पुर्व राज्यमन्त्री खड्काको,परिवारले पुरक जाहेरी दियो
कपन अनलाइन
काठमाडौं ,असोज १२ ।
बुढानिलकण्ठ -६ की अनुपा कार्कीलाई किचेर भागेको गाडी पुर्व राज्यमन्त्री दिपक खड्काको रहेको भन्दै दोषीलाई कारवाहीको माग राखेर २६ वर्षिया मृतक कार्कीको परिवारले पुरक जाहेरी दिएको छ।
असोज ७ गते १२.५० मिनेटको समयमा त्रि वी शिक्षण अस्पताल अगाडीको जेब्रा क्रसिंगमा नम्बर नखुलेको FZ मोटरसाइकलले ठक्कर दिएर ढलेकी कार्कीलाई बा ११ च ४१ ४१ नम्बरको गाडीले किचेर भागेको थियो।
बुढानिलकण्ठ नगरपालिका वडा नं ६ का ३० वर्षीय बिक्रम कार्कीको उपचारका लागि अस्पताल गएकी अनुपा कार्कीको दुर्घटनामा परेर मृत्यु भए संगै उनको परिवारले दोषीलाई कारवाहीको माग गर्दै जाहेरी दिएको थियो।
जाहेरी दिएको ४ दिन वितिसक्दा पनि प्रहरीले अनुसन्धानमा उदासिनता देखाएको भन्दै आक्रोसित बनेको कार्कीको परिवारले न्याय माग्दै असोज ११ गते पुरक जाहेरी दर्ता गरेको छ।
पिडितको परिवारले दर्ता गरेको जाहेरी :



मृतक अनुपा कार्कीलाई किचेर भाग्ने गाडी पुर्व राज्यमन्त्री दिपक खड्काको रहेको भन्दै परिवारले उनले नै गाडी चलाएको तर सजाय बाट बाच्नका लागि अर्को ड्राइभर खडा गरेको आरोप लगाएको छ।
आठ सिट क्षेमता रहेको टोयोटा मोटर्स २०१३ मोडेलको सो डिजेल गाडी खड्काले युनाइटेड सिन्डिकेट प्रालि र इस्ट लिंक मोटर्स प्रालिका दिपक खडकाको नाममा २०७० शाल पौष १७ गते दर्ता भएको हो।
यातायात व्यवस्था कार्यालय बागमती अंचलको सवारी दर्ता कितावमा नै गाडीको स्वामित्व रहेको भनेर खड्काको फोटो नै टासिएको छ ।त्यस्तै इन्जन नम्बर २३३०५८० रहेको उक्त गाडीको २०७६ शाल कार्तिक ५ गते नेपाल बंगलादेश बैंक र खड्का ल्याण्ड डेभलपर्स प्रालि बाट खड्काको नाममा नामसारी गरिएको थियो।
हेर्नुहोस दर्ता प्रमाण पत्र :

पुर्व मन्त्रीको स्वामित्वमा रहेको सो गाडी घटनाको दिन चलाएको भन्दै उक्त दुर्घटनामा संलग्न भनिएका चालक जयराज जोशी र गाडीलाई अहिले महाराजगंज प्रहरीको नियन्त्रणमा रहेको छ।
