गजल : तिलक पोखरेल
कपन अनलाइन
काठमाडौं ,असोज १२।
जुनेली यो रातमा मौन तिमी किन
मेरा हरेक बातमा मौन तिमी किन
चम्किएछन् ताराहरू मेरो कुरामा
पुरानै त्यो घातमा मौन तिमी किन
बद्लिन्न लेखिएको हातका रेखा
कोट्याएर हातमा मौन तिमी किन
फुल पनि ऐलाएर फेरी फूल्न थाले
समाएर पुरानो खातमा मौन तिमी किन
भुलिदिएँ कुल वंश विर्सिदिएँ जनै पनि
बल्झाउने जाबो जातमा मौन तिमी किन।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक
तपाइँको प्रतिक्रिया ।
