तारकेश्वर नगरपालिका वडा नं ९ बन्द गरिएको सुचना
कपन अनलाइन
काठमाडौं,असोज ११/मेनुका कार्की
तारकेश्वर नगरपालिका वडा नं ९ स्वास्थ केन्द्रमा कार्यरत कर्मचारीमा कोरोना संक्रमण देखिए संगै वडा कार्यालय बन्द गरिएको छ।
कोरोना संक्रमणका कारण स्वास्थ्यकर्मीहरु ५ दिन क्वारेन्टाइन बसी पिसिआर टेस्ट गर्नु भएकाले नियमित रुपमा स्वस्थ केन्द्रमा प्रवाह हुदै आएको सेवा साथै खोप लगाउने कार्यक्रम २०७७ असोज ११ गते देखि मिति २०७७ असोज १५ गते सम्म सेवाहरु बन्द रहने सुचना मार्फत जानकारी दिइएको छ ।
वडा नं ९ का अध्यक्ष बलराम सिटौलाले जारी गरेको सुचनामा सम्पुर्ण सेवाग्राहीमा परेको असुविधा प्रती क्षेमा माग्दै सचेत र सजग रहन आग्रह गरिएको छ ।
(मेनुका कार्की सुशासन र समृद्धिका लागि संचार अभियानकी प्रशिक्षार्थी पत्रकार हुन् )
तपाइँको प्रतिक्रिया ।
