स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुलाई अजिज फाउन्डेसन र कपन भेट्रान क्लवको सहयोग

कपन अनलाइन

काठमाडौं ,असोज १०।

स्पाइनल कर्ड इन्जुरी भएका व्यक्तिहरुलाई अजिज फाउन्डेसन र कपन भेट्रान क्लवले स्वास्थ्य सामाग्री सहयोग  गरेका छन। चामुण्डा मावीमा आयोजित कार्यक्रममा नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसियसनका ७५ जनालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरिएको थियो।

सो अवसरमा बागमती प्रदेसका प्रदेस सभा सदस्य छिरिंग दोर्जे लामा ,गोकर्णेश्वर नगरपालिका वडा नं ६ का अध्यक्ष रमेश अर्याल , कपन भेट्रान क्लवका अध्यक्ष पासांग शेर्पा ,उपाध्यक्ष राजु विक्रम थापा, अजिज फाउन्डेसनकी अध्यक्ष सेर्की शेर्पा , नेपाल स्पाइनल कर्ड इन्जुरी स्पोर्टस् एसोसियसन महासचिव सोनीका ढकाल,अजिज फाउन्डेसनका कार्यकारी निर्देशक रोसन भण्डारी , पखेरु क्लवका अध्यक्ष छिरिंग लामा लगायतको उपस्थितिरहेको थियो ।

 

 

तपाइँको प्रतिक्रिया ।