काठमाडौं महानगरपालिका वडा नं ७ ,९ र ३० मा गुर्जोको विरुवा वितरण

काठमाडौं महानगरपालिका वडा नं ७ ,९ र ३० मा गुर्जोको विरुवा वितरण

कपन अनलाइन

काठमाडौं ,असोज १०।

काठमाडौं महानगरपालिका वडा नं ७ ,९ र ३० मा गुर्जोको विरुवा वितरण गरिएको छ।

रातोपुलदेखि कालोपुल  सडक खण्डमा गुर्जो रोपिएको सो   कार्यक्रम रुद्रमती सरोकार समाज र वातावरण संरक्षण अभियानको संयुक्त आयोजनामा सम्पन्न भएको हो । यसमा महानगरका वडा ७, ९ र ३०, सांसदको कार्यालय काठमाडौं क्षेत्र नं. ४, फोहो रमैला व्यवस्थापन संघ, फ्लोरिकल्चर एशोसिएसन र ह्याम्स स्कूलको सहकार्य रहेको थियो।

९७ बर्षिय आशाकाजी महर्जन लाई गुर्जोकोको  विरुवा प्रदान गरेर शुभारम्भ गरिएको सो कार्यक्रममा काठमाडौं क्षेत्र नं ४ का सांसद गगन कुमार थापा ,वडा ७ का अध्यक्ष शुद्धकुमार डंगोल, वडा ९ का अध्यक्ष रामकृष्ण जयखु श्रेष्ठ र वडा ३० का अध्यक्ष दलबहादुर कार्की लगायतको उपस्थिति रहेको थियो।

सो कार्यक्रमको शुरुवात गर्दै सांसद थापाले कोविड १९ को संक्रमण रोक्न सरकारले जारी गरेका स्वास्थ्य सुरक्षा मापदण्ड पूर्ण पालना गर्न अनुरोध गर्दै गुर्जोमा रोगप्रतिरोधात्मक क्षमता छ  भनेर खानपान र जीवनशैलीलाई अस्तव्यस्त बनाउने हो भने संक्रमण घट्नुको सट्टा बढ्ने धारणा राखेका थिए।

फोटो सौजन्य :काठमाडौं अनलाइन

तपाइँको प्रतिक्रिया ।